Headlines News :
Home » » दाङमा हतियार खरखजना मुद्दाका फरार अभियुक्त आफ्नै घरबाट प्रहरी फन्दामा

दाङमा हतियार खरखजना मुद्दाका फरार अभियुक्त आफ्नै घरबाट प्रहरी फन्दामा

Written By Unknown on Tuesday, October 18, 2016 | 5:31 AM


कात्तिक २, दाङ । हातहतियार तथा खरखजना मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले उनकै घरवाट पक्राउ गरेको छ ।
पक्राउपर्नेमा दाङ घोराही नगरपालिका– ६ का ३३ वर्षीय लोकबहादुर बुढा रहेको छ । चन्द्रौटास्थित प्यूठानी होटलमा दुई जना हातहतियारसहित बसेको सूचनाका आधारमा प्रहरीले विसं ०७१ साउन १९ गते छापा मार्दा एक थान अत्याधुनिक पेस्तोल र दुई राउन्ड गोलीसहित वसन्त घर्तीलाई प्रहरीले पक्राउ गरिएको तर संगै रहेका लोकबहादुर बुढा होटलको छतबाट हाम फालेर उम्किन सफल भएका थिए ।

त्यसैवेला देखि प्रहरीले बुढालाई पक्राउको सूचिमा राखेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले बताउनुभयो ।

बुढामाथि हातहतियार तथा खरखजना मुद्दा रहेकाले प्राप्त सूचनाका आधारमा प्रहरीले उनकै घरवाट पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालाय चन्द्रौटाका प्रहरी नायब निरीक्षक विश्व सुवेदीले बताउनुभयो । फरार बुढामाथि अदालतले चार वर्ष कैद सजाय सुनाएको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger