Headlines News :
Home » » दाङको ग्वारखोलामा ट्रक पल्टिदा तीन जना घाईते, उपचारका लागि कोहलपुर लगियो

दाङको ग्वारखोलामा ट्रक पल्टिदा तीन जना घाईते, उपचारका लागि कोहलपुर लगियो

Written By Unknown on Monday, October 3, 2016 | 11:28 PM


असोज १८, दाङ । तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोलामा ट्रक पल्टिदा तीन जना घाईते भएका छन् । घाईतेहुने सबै रुकमको खारा गाविस वडा नं. २ निवासी हुन ।
घाइते हुनेमा ३० वर्षीय गाडि धनि एकराज खड्का, १७ वर्षीय ट्रकका सह–चालक दिपक खड्का र ३५ वर्षीय मानबहादुर खड्का छन् । घाईते सबैलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ ।

घाईते मध्ये ट्रक धनि र ट्रकका सह–चालक खड्का द्धयको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । सिमेन्ट लोडेल ना ६ ख ५६९९ नम्वरको ट्रक मंगलवार विहान ८ बजेतिर कचवेमा चिफ्लिएर दुर्घटनामा परेको थियो ।

ट्रक सिमेन्ट लगेर रुकम जाँदै गर्दा दुर्घटनामा परेको हो । ट्रकका चालक भने फरार रहेको ईप्रका तुलसीपुरले जानकारी दिएको छ । फरार चालकको खोजि कार्य जारी रहेको पनि प्रहरीले बताएको छ ।

चालकको लापरवाहीले गर्दा दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger