Headlines News :
Home » » रोल्पा र प्युठानमा छायांकन गरिएको चलचीत्र पुरानो पुस्ताको ट्रेलर र फस्टलुक भिडियोमा हेर्नुहोस

रोल्पा र प्युठानमा छायांकन गरिएको चलचीत्र पुरानो पुस्ताको ट्रेलर र फस्टलुक भिडियोमा हेर्नुहोस

Written By Unknown on Saturday, October 22, 2016 | 8:07 PM


शँकर के सी,सल्यान ७, कार्तिक ।  एक सय वर्ष पहिलेका नेपाली र नेपालको वास्तविक कथालाइ प्रस्तुत गरेर निर्माण गरेको चलचीत्र ‘पुरानो पुस्ता’ को ट्रेलर र फस्टलुक सार्वजनीक गरिएको छ ।


आगामी मंशिर ३ गतेदेखि अल नेपाल रिलिज हुने चलचीत्र पुरानो पुस्ताको ‘हिजो सम्म तन्नेरि थेँ’ बोलको गीत पनि सार्वजनीक गरिएको छ ।

फिल्ममा सय वर्ष पहिलेका नेपालिहरुले दैनीक गुजारा गर्नका लागी कसरि र के कस्ता संघर्ष गर्दथे भन्ने कुरालाइ मौलीक र रोचक तरिकाले देखाइएको निर्देशक दीप सागरले दाबी गरेका छन् ।

दुइ दिन अघि राजधानिमा एक कार्यक्रमका विच सभासद रामवीर मानन्धर, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीलगायतले फष्टलुक र ट्रेलर सार्वजनिक गरेको फिल्मका कलाकार विराज विष्टले टेलिफोनमा जनाएका छन् ।


रोल्पा र प्यूठानमा छायांकन गरिएको फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारले अभिनय गरेका छन् । र यो फिल्म फ्लोरिना फिल्म्स् प्रालिको प्रस्तुतीमा तयार भएको हो । सावित्री ओली कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जीव पौडेलको लेखन र दीपसागरकै छायांकन छ ।

फिल्ममा तीनवटा गीत समावेश छन् । जसमा डमप्रकाश पुन र दीप सागर जिसी र कृष्णप्रसाद पौडेल संगीत छ । फिल्मका निर्देशक दिपसागर र सल्यानी कलाकार विराज विष्टले फिल्मलाइ माया गरिदिन र मंशिर ३ पछि एक पटक फिल्म हेरिदिन अनुरोध गरेका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger