Headlines News :
Home » » दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाईते, (घाइतेको नामावालीसहित)

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाईते, (घाइतेको नामावालीसहित)

Written By Unknown on Tuesday, November 22, 2016 | 2:19 AM


मङ्सिर ७, दाङ । देउखुरीमा मंगलवार वस दुर्घटना हुदा २५ जना यात्रु घाईते भएका छन् ।

काठमाण्डौं वाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ६६४७ नम्वरको वसले भालुवाङ्ग देखी लमही आउदै गरेको रा १ ख ५८४ नम्वरको माईक्रो वसलाई पछाडी वाट लमही नगरपालीका वडा नं. ५ फल्कापुरमा ठक्कर दिदा माईक्रोवस पल्टीएको हो ।

वस पल्टीदा २५ जना यात्रु घाईते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाईते मध्य १८ जनालाई कोहलपुर मेडीकल कलेजमा थप उपचारको लागी पठाइएको र अन्य ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार गरिएको स्वास्थ्य केन्द्रका प्रमुख डा. ईश्वरी खनालले जानकारी दिए ।

दुर्घटनामा परी घाईतेहुनेहरुमा लालमटीया– २ निवासी ३५ बर्षिय माधव केसी, लालमटीया– ४ निवासी २० बर्षिय शरद कुमार भट्टराई, रोल्पा घोडाँगाउँ– ३ निवासी २५ बर्षिय लक्ष्मी केसी, सिसहयिनाँ गाविस निवासी ३५ वर्षिय रामकुमार चौधरी, हाँसीपुर–२ निवासी ३० बर्षिय कृष्ण घर्ती, लालमटीया–८ निवासी ३० बर्षिया जानकी चौधरी, सोही ठाउँ निवासी ३३ बर्षिया राधा थापा घाईते भएका छन् ।

यसैगरी लालमटीया– ३ निवासी ४५ बर्षिया पर्व भण्डारी, प्यूठान ढुङ्गेगढी– २ निवासी ३६ बर्षिय शरिता सोमई मगर, वेल्वास – १ निवासी ३६ बर्षिय टोपप्रसाद गोराथोकी, पुरन्धारा– ६ निवासी ४९ बर्षिय कला खत्रि, लालमटीया– २ निवासी ४० बर्षिय देवकुमारी घर्ती, हाँसीपुर–२ निवासी ३२ बर्षिय कृष्ण घर्ती, लालमटीया– ३ निवासी ३५ बर्षिय जानुका भुसाल, सिसहनियाँ– ३ निवासी १९ बर्षिष अस्मीता चौधरी, सिसहनियाँ– ७ निवासी २६ वर्षिय दिपक गोतामी मगर, प्यूठान हंशपुर– १ निवासी ३३ बर्षिय देवराज शर्मा घाईते भएका छन् ।

यस्तै सिसहनियाँ– ७ निवासी १९ बर्षिय हिकिरण गोतामी, सिसहनियाँ– ८ निवासी ३० बर्षिया मिना चौधरी, लमही नगरपालीका – ११ निवासी २८ बर्षिया सर्मीला चौधरी, प्यूठान भृङ्ग्री निवासी १५ बर्षिय नेत्र बहादुर नेपाली, लालमटीया– ३ निवासी ४५ बर्षिया टोप कुमारी वस्नेत, सिसहनियाँ– ९ निवासी २० बर्षिय नर बहादुर चौधरी, सिसहनियाँ– ८ निवासी ३२ बर्षिय वन्धीराम चौधरी, वस चालक लालमटीया निवासी २९ बर्षिय मान बहादुर घाईते भएका हुन् । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger