Headlines News :
Home » » केही हुँदैन, झन् रमाइलो हुन्छ भन्दै यो समयमा सेक्स गर्नुहुन्छ ! केहि समस्या त हुँदैन ?

केही हुँदैन, झन् रमाइलो हुन्छ भन्दै यो समयमा सेक्स गर्नुहुन्छ ! केहि समस्या त हुँदैन ?

Written By Unknown on Saturday, November 26, 2016 | 9:40 AM


मेरो श्रीमान् म महिनावारी भएको बेला सेक्स गर्न खोज्नुहुन्छ । यस्तो बेलामा छुनु हुन्न भन्ने हाम्रो परम्परा छ । उहाँ भने ‘केही हुँदैन, झन् रमाइलो हुन्छ’ भन्नुहुन्छ । महिनावारीमा सेक्स गर्न हुन्छ कि हुँदैन ? यसले महिलालाई शारीरिक हानि त हुने होइन ?-सी


महिनावारी भएको बेलामा सम्भोग गर्न हुन्छ कि हुँदैन भन्ने कुरामा अझै पनि केही भ्रम पाइन्छन् । महिनावारीका बेला सम्भोग गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा बलियो छ । पर सरेको बेला बार्ने या चोखोनितो गर्ने संस्कार भएको समाजमा महिनावारीको समयमा सेक्सलाई वर्जित नै गरिन्छ ।

तर, महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ ।

मेडिकल साइन्सका अनुसार महिनावारी भएको बेला सम्भोग गर्दा कुनै हानि हुँदैन । तर, महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत धेरै मात्रामा बगेको छ र कुनै संक्रमण भएको छ भने सम्भोग नगर्नु राम्रो हुन्छ । कति पुरुष भने रजस्वला भएको बेला महिलाको योनीमा रगत हुने हुँदा फोहर पनि महसुस गर्छन् । यस बेला सम्भोग गर्न सहज मान्ने, नमान्ने दुवैको चाहनामा भर पर्दछ । यस्तो बेलाको यौन सम्बन्धले आनन्द नआउने कुनै कारण छैन ।

सामान्यतया महिनावारी भएको बेलामा गरिएको यौन सम्बन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो बेलामा गहन सम्भोग गरियो भने इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ, जसले महिलाको महिनावारीबाट भएको पीडालाई तुरुन्त कम गर्छ ।

अमेरिकामा हालै गरिएको अनुसन्धानअनुसार महिनावारीको बेला सम्भोग गर्दा महिनावारीको समय पनि कम हुने प्रतिवेदन सार्वजनिक गरेको छ । चरम यौन आनन्दमा महिनावारीको रगत छिटो योनीबाट बाहिर निस्कने हुँदा अरू बेलाको भन्दा महिनावारीको समय छोट्टिने जानकारी दिइएको छ । -स्रोत: शुकबार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger