Headlines News :
Home » » दाङमा यात्रुबाहाक हायस पल्टिंदा १६ यात्रु घाईते, ८ को अवस्था गम्भिर (नामावलीसहित)

दाङमा यात्रुबाहाक हायस पल्टिंदा १६ यात्रु घाईते, ८ को अवस्था गम्भिर (नामावलीसहित)

Written By Unknown on Tuesday, November 29, 2016 | 4:42 AM


नारायण खड्का/मङ्सिर १४, दाङ । तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा यात्रुबाहाक हायस पल्टिदा १६ यात्रु घाईते भएका छन् ।


घाईते मध्ये ८ जनाको अवस्था गम्भिर छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खु्मानन्द पाण्डेका अनुसार विजौरी ६ निावसी २४ बर्षीया कमला वुढा ,सोही ठाँउकै ३ वर्षीया वालिका जस्मिन वुढा ,रामपुर ९ निवासी ३५ बर्षीय मुगा विक, मानपुर ९ निवासी ६४ बर्षीय खेमवहादुर हमाल रहेका छन् ।

यस्तै त्रिपुर ११ निवासी ४५ बर्षीय हिमवहादुर जिसी, तुलसीपुर ६ निवासी मोटरसाईकलमा सवार ३५ बर्षीया शोभा हमाल, त्रिपुर ५ निवासी २९ बर्षीया सुनिता खड्का,सल्यानको धनवाङ गाविस वडा नं. ७ निवासी २६ बर्षीय शिशिर गिरी, रुकुम खलाङ्गा ११ निवासी २० बर्षीया कमला वुढा रहेका छन् ।

अन्य सबैको तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको भएपनि चारजना मध्ये मुगा बिक , बिकास बिक, भिमबहादुर जिसी र शिशिर गिरीलाई भने राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाईते हुने अन्य यात्रुहरुमा रामपुर ९ निवासी ४३ बर्षीया सुन्तली बिक, सोही ठाँउ निवासी १३ बर्षीया सपना सुनार, सोही ठाँउकै ५५ बर्षीया बशन्ती विक , सोही ठाँउकै १८ बर्षीया सरीता विक, सोही ठाँउकै ७ बर्षीय विकास बिक घाईते भएको प्रहरीले बताएको छ ।

त्यस्तै उक्त दुर्घटनामा परि त्रिपुर ११ निवासी ३३ बर्षीया दना केसी,मोटरसाईकल चालक तुलसीपुर ६ निवासी ४५ बर्षीय विक्रमवहादुर हमाल सामान्य घाईते रहेको निमित्त प्रमुख पाण्डेले जानकारी दिए ।

मंगलवार दिउँसो तुलसीपुरवाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ४०८ नम्मरको हायसले एउटै दिशातर्फ जाँदै गरेको रा ३ प २ नम्मरको मोटरसाईकलले वाटो काट्न खोज्दा त्यसलाई जोगाउने क्रममा हायस पल्टिन पुगेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खुमानन्द पाण्डेले जानकारी दिए ।

मंगलवार बेलुका चार बजेतिर विजौरी ५ मैरहवा नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परि हायसमा सवार १४ जना र मोटरसाईलकमा सवाल थप दुई जना गरि कुल १६ जना घाईते भएको निमित्त प्रमुख पाण्डेले जानकारी दिए ।

चारजनालाई थप उपचारका लागि बाँके तर्फ रेफर गरिएको भएपनि अन्य सबै घाईतेको यो खवर तयार पार्दा सम्म राप्ती अञ्चल अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ । मंगलवार विहान तुलसीपुर १२ गरिगाँउमा भएको वस दुर्घटनामा ६ जना यात्रु घाईते भएका थिए । तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger