|
|
गएराती लमही नगरपालिका वडा नंं ११ लमही बजारमा पूर्व वाट पश्चिम तर्फ गैरहेको ना ५ ख १६४३ नम्वरको ट्रकको पछाडीको भागमा रा २ प ४८१३ नम्वरको मोटरसाईकल ठोक्कीदा लमहीको फलोरेन्स अस्पतालका प्रमुख लमही नगरपालिका वडा नंं ११ निवासी ३० बर्षिय डा. पुष्प भुसाल सहीत मोटरसाईकलमा सवार झापा दमक नगरपालिका वडा नंं ४ निवासी ३२ वर्षिय रविन घिमिरे गम्भिर घाईते भएका हुन् ।
घाईते दुवैको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्राथमिक उपचारपछी थप उपचारको लागी वुटवल लगिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
Post a Comment