Headlines News :
Home » » दाङको सङ्ग्राम खोलामा दुईवटा गाडि आपसमा जुध्दा एक दर्जनवढी घाईते, सात जनाको अवस्था गम्भिर

दाङको सङ्ग्राम खोलामा दुईवटा गाडि आपसमा जुध्दा एक दर्जनवढी घाईते, सात जनाको अवस्था गम्भिर

Written By Unknown on Thursday, November 24, 2016 | 8:34 PM


मङ्सिर १०, दाङ । सङ्ग्राम खोलामा दुईवटा गाडी आपसमा ठोक्किदा एक दर्जन वढी व्यक्तिहरु घाईते भएका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त कार्यालय प्रमुख खुमानन्द पाण्डेका अनुसार यो खबर तयार पार्दा सम्म सात जनाको अवस्था गम्भिर छ भने अन्यको अवस्था सामान्य छ ।

शुक्रवार विहान पौने ८ बजेतिर तुलसीपुर वाट यात्रु बोकेर जाँदै गरेको बा २ ख २५४९ नम्वरको फोर्स गाडी र घोराहीवाट पश्चिमको पुरन्धारातर्फ पिक्निकको लागि मानिस बोकेर जाँदै गरेको ना ३ ख ७९७४ नम्वरका बस आपसमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।

यो खबर तयार पार्दा सम्म घाईतेहरु कसैको पनि पहिचान खुलि नसकेको प्रहरीले बताएको छ । उद्धार कार्य जारी रहेको पनि प्रहरीले बताएको छ । घाईते मध्ये अधिकाँसको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

गम्भिर घाईते सात जनालाई बाहिरी जिल्ला पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger