Headlines News :
Home » » सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Written By Unknown on Thursday, December 1, 2016 | 11:17 PM


बुद्धि पुन/मंसिर १७, सल्यान । ट्याक्टर दुर्घटनामा परी सल्यानमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको वडागाउं गाबिस वडा न. ४ का ३६ बर्षिय लोक बहादुर के.सी.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । बिहीबार सांझ साढे आठ वजे तीर सल्यानको वडागाउं वाट चिसापानी तर्फ जादैँ गरेको भे.१ त ३८४७ न.को ट्याक्टर वडागाउ ३ सल्लेटाकुराको वनमा दुर्घटना भएको थियो ।

ट्याक्टर सडक देखी झण्डै ६० मिटर तल खसेको छ । ट्याक्टर दुर्घटनामा पर्दा सवार सल्यान वडागाउं ४ का ३६ बर्षिय लोक बहादुर के.सी. सख्त घाईते हुनु भएको थियो । घाईते केसीको उपचारका लागी अस्पताल लिदैँ गर्दा बिच बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक वडागाउं ३ का २४ बर्षिय चित्र बहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger