Headlines News :
Home » » लुटेराबाट मारिएकी समीराका पतिको विलौनाः (भिडियोसहित)

लुटेराबाट मारिएकी समीराका पतिको विलौनाः (भिडियोसहित)

Written By Unknown on Wednesday, June 17, 2015 | 7:50 AM


- विकासराज न्यौपाने
टेक्सास (अमेरिका), ३२ जेठ । अमेरिकाको टेक्सास राज्इस्थित डेन्टन शहरमा व्यवसाय गर्ने नवराज शिवाकोटीको परिवार जुन १०, २०१५ बिहान ११ बजेसम्म समान्य रुपमा चलिरहेको थियो । स्टोरमा श्रीमती समीरा थिइन् । 
नवराज दुई नावालक छोरीलाई खुवाउने लगायत घरायसी काममा थिए । करिब ११ बजे उनको फोनमा घण्टी बज्यो तर घरायसी कामले गर्दा उठाउन पाएनन् । स्टोरबाट पनि फोन आएको रहेछ । पहिलो मिसकल सधैं स्टोरमा आउने ग्राहकको थियो । उनले के परेछ भनेर कलव्याक गरे । नियमित ग्राहकले जे भनि, उनी त्यो वाक्य दोहोर्याउन पनि चाँहदैनन् । ‘उसले जे भनी म सुन्नै सक्दिन कसरी भनुँ ?’ – भक्कानिँदै नवराजले भने ।
केही सम्हालिएपछि नवराजले भने, ‘त्यो ग्राहकले समीरा इज सट् डेड भनी । त्यसैपछि मैले केही थाहा पाइन् ।’
यो फोनले नवराजको जीवनमै बज्रपात ल्याइदियो । घटना भएको दुई दिन बितिसक्दापनि उनी सम्हालिन सकेका थिएनन् । लाग्छ, यो घटनाको चोट बिर्सन नवराजको परिवारलाई निकै कष्ट हुनेछ ।
कलोनी शहरमा रहेको आफ्नै स्टोरमा काम गरिरहेका बेला जुन १० बुधवार बिहान ग्राहकको भेषमा आएको एक लुटेराले टाउकोमा गोली हानी हत्या गरेको थियो । समीरा र नवराज ५ बर्ष अघि बिवाह वन्धनमा बाँधिएका थिए । सन् १९८४ अप्रिलमा सर्लाहीमा जन्मेकी समीरा तीन बर्ष अघि अमेरिका आएकी थिइन् । ‘तीन बर्ष अघि जब उनी ड्यालस एयरपोर्टमा ओर्लिन । मलाई भेट्नासाथ अंगालो हालेकी थिइन् ।’, नवराज गहभरी आंशु झार्दै भन्छन् , ‘मलाई अझै आशा छ उनी फेरि यसरीनै मलाई अंगालो हाल्न आउँछिन् ।’ दैव नवराज र दुई नाबालक छोरीका लागि असाध्यै निष्ठुर छ, समीराको मृत शरिर बुझ्नका लागि अस्पतालले पठाएको पत्रमा नवराजले हस्ताक्षर गर्नुपरेको छ ।
नियमित ग्राहकको त्यो फोनपछि उनले भाईलाई फोन गरेर ‘स्टोरमा इमरजेन्सी छ त्यहाँ जान’ भने ।’भाई घरमै आएपछि उसकै गाडी लिएर स्टोर पुग्दा त्यहाँ प्रहरीको घेरा बनिसकेको थियो । मलाई आशा थियो उनी अझै वांचेकी छन्,’ नवराज भन्छन्,  ‘त्यहाँ एक जना प्रहरीले भने आईएम सरी योर वाइफ इज नो मोर ! मलाई सम्हालिन अझ कठिन भयो ।’ तर, नवराजलाई समिरा छैनन् भन्नेमा विश्वासनै लागिरहेको थिएन ।
‘प्रहरीले क्यामरा हेर्न खोजे । मैले खोलिदिए । समीरालाई अस्पताल लगिएको रहेछ । मलाई उनी अझ आउँछिन भन्ने थियो,’ नवराज भन्छन्, ‘जब भोलिपल्ट अस्पतालवाट मृत शरिर बुझ्नका लागि चिठ्ठी आयो, त्यसपछि मलाई सम्हालन गाह्रो भयो ।’
‘हत्यारालाई ढिलो चांडो प्रहरीले पक्राउ गर्लान्,’ नवराज भन्छन्, ‘बर्णभेद, धर्मभेदमा मेरो विश्वास छैन । तर म यही भन्छु यस्तो कसैमाथि नहोस नेपाली मात्र होइन कुनै मानवमाथि यस्तो नहोस् । कसैले अकालमा बिनाकारण ज्यान गुमाउनु नपरोस ।’ डेन्टनमा नवराजको घरमा समवेदना दिन जो पुग्छन्, सवैका आंखा रसाउँछन् ।
एउटा लुटेराको सनकले मेहिनेत र परिश्रमी नेपाली परिवारलाई बज्रपात पारेको छ । प्रहरी हत्यारालाई खोजिरहेको छ । प्रहरीले सुचना दिनेलाई १० हजार डलरको पुरष्कार पनि घोषणा गरेको छ । केही सुराक मिलेको र हत्यारा छ्टिै पक्राउ पर्ने प्रहरी स्रोतले जनाएको छ । समीराको आइतबार अन्तेष्टि गरिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger