Headlines News :
Home » » एसएलसी फेल भएपछि १७ वर्षको उमेरमै खतरनाक अपराधी बने विद्यार्थी

एसएलसी फेल भएपछि १७ वर्षको उमेरमै खतरनाक अपराधी बने विद्यार्थी

Written By Unknown on Saturday, July 4, 2015 | 11:15 AM


काठमाडौं, असार १९ – एसएलसीको परिक्षामा असफल बनेपछि एक विद्यार्थीले अपराधको बाटो समात्न पुगेका छन् । यसरी पढ्दापढ्दै संगठित अपराधको बाटो समात्न पुगेका विद्यार्थी हुन्, १७ वर्षीय दिपेश लामा ।
नुवाकोट घर भई हाल काठामाडौंको फुटुङमा बस्दै आएका लामा काठमाडौंकै गोंगबुस्थित भण्डारी टोलमा बस्ने सीताराम पाण्डेमाथि सांघातिक हमला गरेको आरोपमा पक्राउ परेका छन् ।

४२ वर्षीय पाण्डेमाथि शुक्रबार साँझ साढे ६ बजेतिर गणेशस्थानमा हिँडिरहेको बेला स्कुटरमा चढेका दुई अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारपछि घाइते बनेका पाण्डेको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गर्दै जाँदा आक्रमणकारीले बा ५२ प १८२१ नम्बरको कलेजी रंगको स्कूटर प्रयोग गरेको खुल्न आएको थियो । प्रहरीको अपराध महाशाखाबाट प्र.ना.उ. रमेश थापाको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले घटनामा प्रयोग भएको बा। ५२ प १८२१ नम्वरको स्कुटीसहित दिपेश लामालाई घरबाटै पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार लामा र उनको साथी मिलेर कसैको निर्देशनमा हतियार प्रहार गरेका हुन् । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
www.ratopati.com 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger