Headlines News :
Home » » राजमार्ग र नेपाल-भारत सीमानामा नेपाली सेना खटाइने

राजमार्ग र नेपाल-भारत सीमानामा नेपाली सेना खटाइने

Written By Unknown on Sunday, November 22, 2015 | 9:54 PM


मंसिर ७, काठमाडौं । मधेसी मोर्चाको आन्दोलनले राजमार्गका पुल भत्काउने र प्रहरी बिट जलाउने जस्ता ‘अराजक’ स्थितिमा पुगेपछि सरकारले तीनदिनको विश्लेषणका आधारमा सेना खटाउने तयारी गरेको छ ।

सरकारले नेपाल–भारत सीमानाका नाका र राजमार्गमा सेना खटाउने तयारी गरेको हो । आन्दोलनरत मधेसी मोर्चासँग तत्काल सहमति नहुने निष्कर्ष निकाल्दै सरकारले तराइमा अवरोध हटाउन सेना खटाउने तयारी गरेको हो ।

राष्ट्रिय सुरक्षा परिषदको दुइपटकको बैठकमा सेना परिचालनको मोडालिटीसम्बन्धी विस्तृत छलफलमा एकै पटक सेना खटाउँदा विवाद हुन सक्ने निष्कर्ष निकाल्दै एकीकृत रणनीति कार्यान्वयनमा ल्याई छोटो अवधिका लागि गृहमातहतका सुरक्षा संगठनलाई परिचालन गर्ने र दोस्रो चरणमा सेना खटाउने गरी सरकारले रणनीति कार्यान्वयनमा ल्याएको हो ।

आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेर पहिलो चरणको कार्ययोजनाअनुसार तीनवटा संगठनलाई एकीकृत रूपमा परिचालन गर्ने समितिको रणनीतिक प्रतिवेदन पारित गरिएको छ, जसमा पहिलो चरणमा ‘गृह मन्त्रालय मातहतका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन गरिने’ र त्यसको प्रभावका आधारमा दोस्रो चरणमा सेनाको सहयोग लिइने बुझिएको छ ।

गृहले पहिलो चरणका लागि केवल तीन दिन मात्रै समय तोकेको छ । तीनदिने सुरक्षा कार्ययोजनाको प्रभावकारिताको आधारमा थप निर्णय गरिने बुझिएको छ । ‘प्रहरी संगठनको आफ्नै कार्यालय जल्नबाट जोगाउन नसक्ने भएपछी राजमार्गको अवरोध हटाउने हो भने सेनालाई जिम्मेवारी तोक्नुको अर्को विकल्प छैन’ सुरक्षास्रोतले भनेको छ ।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले मन्त्रालयले नाका र राजमार्गको अवरोध हटाउन छुट्टै सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको पुष्टि सेट गरेका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger