Headlines News :
Home » » इन्धनको साटो कुहिएको केरा मात्र पठाएको भन्दै विप्लव माओवादीद्वारा भारतीय गाडीमा आगजनी

इन्धनको साटो कुहिएको केरा मात्र पठाएको भन्दै विप्लव माओवादीद्वारा भारतीय गाडीमा आगजनी

Written By Unknown on Friday, November 27, 2015 | 4:44 AM


मङ्सिर ११, बुटवल । विप्लव नेतृत्वको नेकपा माओवादीले रुपन्देहीको बुटवलस्थित चौराहा चोकमा एक भारतीय ट्रकमा आगजानी गरेको छ । बुटवलको सबैभन्दा व्यस्त चोक चौराहामा विप्लव माओवादीका कार्यकर्ताले आगजनी गरेका हुन् ।

सुरक्षाको उच्च सर्तकता अपनाइएको भनिएको चौराहामा यू पी ५६ टी १६०१ नम्बरको भारतीय नम्बर प्लेट भएको मिनि ट्रक चौराहा प्रहरी विटको ९० मिटर नजिकै करिब आधाभन्दा बेसी जलिसकेपछि मात्र प्रहरीले थाहा पाएको थियो ।

गाडीले भारतबाट केरा बोकेर कृषि उपज केन्द्रमा संकलनको लागी ल्याएको थियो र चोकमा विग्रिएर बसेको थियो । शुरुमा गाडी कसले जलाए भन्ने पत्तो समेत पाएनन् । गाडी पूर्ण रुपले ध्वस्त हुनै लाग्दा बल्लतल्ला उपमहानगरपालिकाको बारुणयन्त्र आयो र आगो निभाएको थियो ।

गाडी चालकले भने अपरिचित व्यक्तिले आएर आगो लगाएको बताए । केही दिन अगाडीमात्रै नेकपा माओवादीले भारतीय नम्बरप्लेटका गाडीहरुलाई नेपाल प्रवेशमा रोक लगाउन चेतावनी दिएको थियो भने केही समय अगाडीमात्रै दाङमा पनि नेकपा माओवादीले यस्तै गाडीमा आगो लगाएको थियो ।

यता नेकपा माओवादीको केन्द्रको घोषित कार्यक्रम अनुसार कारबाही भएको नेकपा माओवादी रुपन्देहीले जनाएको छ । माओवादीका अनुसार अघोषित नाकाबन्दी भन्दै देशलाई अत्यावश्यक ग्यास, पेट्रोल, डिजेल तथा अन्य अत्यावश्यक सामग्रीहरु नपठाउँने कुहिएका सढेगलेका सामग्रीहरुमात्रै देशभित्र पठाउने गरेको कारण नेपाललाई हस्तक्षेप गर्दै आएको हुँदा यस्तो निर्णय लिएको बताइएको छ ।

माओवादीले भारतीय नम्बरप्लेटका गाडीहरु, हिन्दी सिनेमा तथा हिन्दी च्यानलहरु समेत बन्द गर्न आब्हान गरेको छ । भारतीय हस्तक्षेप र नाकाबन्दीको विरुद्धमा नेकपा माओवादीले मंसिर १३ गते नेपाल बन्दको घोषणा समेत गरेको छ । -शिव डुम्रेबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger