Headlines News :
Home » » मधेसमा भारतबाट हतियार भित्रन थाल्यो, छिट्टै सेना गठन गर्ने तयारी

मधेसमा भारतबाट हतियार भित्रन थाल्यो, छिट्टै सेना गठन गर्ने तयारी

Written By Unknown on Friday, November 27, 2015 | 4:36 AM


मङ्सिर ११, काठमाडौँ । तराईमा आन्दोलनरत एक समूहले ‘मधेस रक्षा बाहिनी’ नामक सैन्य दस्ता गठन गरी समानान्तर सरकार घोषणाको तयारी गरेको छ ।


जेपी गुप्ता तथा सिके राउतलगायतको समूहले यस्तो तयारी गरेको राष्ट्रिय अनुसन्धान विभागले गृहमन्त्रालयमा बुझाएको रिपोर्टमा उल्लेख छ ।

सिरहा, सप्तरी, महोत्तरीलगायतका तराईका जिल्लामा दशगजादेखि राजमार्गसम्मको क्षेत्रमा प्रहरीलाई बस्न नदिई त्यहा कब्जा जमाउन लागिएको छ । ती क्षेत्रमा रहेका सरकारी कार्यालयमा सो समूहले ‘नेपाल सरकार’ मेटेर ‘मधेस सरकार’ राख्न थालिसकेको छ । राजमार्गदेखि सीमासम्मका अधिकांश साना प्रहरी चौकी विस्थापित भइसकेका छन् ।

सुरक्षा निकाय सरकारी कार्यलयको सुरक्षा र राजमार्ग खुलाउनमा मात्र सक्रिय रहेको मौका छोपी सो क्षेत्रमा तस्करी बढाइएको छ । हतियारसमेत भारतबाट भित्रन थालेको गुप्तचर रिपोर्टमा उल्लेख छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger