|
|
मङ्सिर-११, इटहरी । सुनसरीको इटहरीमा संयुक्त मधेशी मोर्चाले शुक्रबार आयोजना गर्ने आमसभाको स्टेज स्थानीयले आगो लगाएर तोडफोड गरेका छन् । मञ्चमा आगजनी भएपछि अहिले इटहरी तनावग्रस्त बनेको छ ।
मधेसी मोर्चाले आयोजना गर्न लागेको सभामा राजेन्द्र महतोलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने सुनेपछि विद्यार्थी संगठनहरुले कार्यक्रम नगर्न भन्दै विहीबार विज्ञप्ति जारी गरेका थिए ।
इटहरीको पश्चिम लाईनमा मोर्चाको कार्यक्रम स्थलमा मञ्च तयार गरिसकेपछि नेपालमा नाकाबन्दी र व्यक्ति हत्याको प्रयास गरेर मोर्चाले नेपालीलाई दुःख दिएकाले उनीहरुलाई इटहरीमा कुनै पनि कार्यक्रम गर्न नदिने उद्घोष गर्दै युवा, विद्यार्थीहरुले मोर्चाको मञ्च तोडफोड गरेका हुन् । तोडफोडपछि प्रहरीले इटहरीको सुरक्षा व्यवस्था कडा पारेको छ ।
भारतको इसारामा मधेस आन्दोलन चलाएर आम नेपालीलाई दुःख दिएपछि मोर्चाको कार्यक्रम बिथोल्नु परेको स्थानीय युवाले बताएका छन् ।
Post a Comment