Headlines News :
Home » » विप्लव माओवादीले आज नेपाल बन्दको आयोजना गर्नुको कारण यस्तो पो रहेछ !

विप्लव माओवादीले आज नेपाल बन्दको आयोजना गर्नुको कारण यस्तो पो रहेछ !

Written By Unknown on Saturday, November 28, 2015 | 5:29 PM


मङ्सिर १३, काठमाडौं । बन्दको चौतर्फी आलोचना भइरहेकाबेला विप्लव नेतृत्वको नेकपा माओवादीले आज गर्न लागेको बन्दको कारण खुलाएको छ ।

उसले शनिबार एक विज्ञप्ती जारी गर्दै देश माथिको भारतीय हस्तक्षेप, आतंककारी नाकावन्दी, जनताको कहालीलाग्दो जनजीवन र नेपाली दलहरुको किकर्तव्यविमुढ, दास मनोवृति र अघोषित आत्मसमर्पणका विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षको प्रतिनिधिको रुपमा बन्द आह्वान गरेको बताएको छ ।

देशको अस्तित्व र नेपाली जनताको स्वाभिमानको रक्षाको विषय अहिलेको मुख्य विषय बन्न पुगेको छ । विषयको यही संवेदनशीलता एवं गम्भीरतालाई दृष्टिगत गरी हाम्रो पार्टीले देश माथिको भारतीय हस्तक्षेप, आतंककारी नाकावन्दी, जनताको कहालीलाग्दो जनजीवन र नेपाली दलालहरुको किकर्तव्यविमुढ, दास मनोवृति र अघोषित आत्मसमर्पणका विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षको प्रतिनिधिको रुपमा आज मंसिर १३ गते मौलिक रुपको नेपाल बन्द कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा सहभागिता एवं ऐक्यबद्धता जनाई भव्य एवं शानदार रुपमा सफल पार्न राष्ट्रप्रेमी, स्वाभीमानी र आफ्नो स्वनिर्णयका पक्षधर महान नेपाली जनतामा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ । विज्ञप्तिमा उल्लेख गरिएको छ ।


उसले बन्द गर्नुको कारण यसरी खुलाएको  छ ।
१ देश र नेपाली जनतालाई इतिहासमै सर्वाधिक राष्ट्रियता माथिको हस्तक्षेप, भारतीय नाकाबन्दी र जनताको चुलो बल्न बन्द भएको संकटको भूमरीमा पारिएको

२ सरकार र संसदवादी दलका नेताहरुको रबैयाले राष्ट्रको अस्तित्व, स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध डरलाग्दो आत्मसमर्पणको गोप्य डिजाइन भइराखेको

३ हस्तक्षेपको प्रतिवाद, वैकल्पिक आपूर्ति व्यवस्था र दिर्घकालीन आन्तरिक व्यवस्थापनको दृष्टिकोण एवं योजनाको कुरा गौण बनेको

४ राष्ट्रको सार्वभौमिकता र हाम्रो जनताको स्वतन्त्रता एवं बच्न पाउने आधारभूत मानवअधिकारमाथि भारतीय विस्तारवादको भयानक आक्रमणसम्म हुँदा देशको सरकार, कथित स्वघोषित राष्ट्रवादी मानिने संसदवादी दलका नेताहरु मौन रहेको

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger