|
|
मंसिर २५, काठमाडौं । शुक्रबार सुनको भाउ ४ सय रुपैयाँले घटेर ४८ हजार ४ सय रुपैयाँ भएको छ । बिहीबार तोलाको ४८ हजार ८ सय रुपैयाँ कायम भएको सुनको भाउ शुक्रबार घटेर ४८ हजार ४ सय रुपैयाँमा झरेको हो ।
सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भाउ बढेर ४९ हजार १ सय रुपैयाँ पुगेको सुन त्यस यता लगातार घट्दै शुक्रबार ४८ हजार ४ सय रुपैयाँमा झरेको हो ।
सुन आइतबार कायम भएको भाउमा १ सय रुपैयाँले घटेर सोमबार ४९ हजार रुपैयाँमा झरेको थियो । यस्तै मंगलबार ४ सय रुपैयाँले घटेर ४८ हजार ६ सय रुपैयँमा झरेको भाउ बुधबार फेरि बढेर तोलामा ४८ हजार ८ सय पुगेको थियो ।
बिहीबार भने सुनको भाउ स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि घटबढ भैरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।
Post a Comment