|
|
मङ्सिर २५, काठमाडौं । बौद्धका सन्तोष रेग्मी बिहीबार निकै प्रसन्न देखिन्थे ।
नाकाबन्दीयता सँधैजसो प्रतिलिटर तीन सयदेखि तीन सय ५० रुपैयाँसम्म तिरेको पेट्रोल हालेर मोटरसाइकल गुडाएका उनले अहिले ब्याल्क मार्केटमा पनि दुई सय रुपैयाँमै पेट्रोल पाएका छन् ।
महँगो मूल्य तिरेर भए पनि पेट्रोल किन्नेपर्ने उनको बाध्यता छ । सानोभर्याङस्थित एक निजी कलेजमा होटल म्यानेजमेन्ट विषय पढाउने उनलाई बिहान ६ बजे कलेज पुगिसक्नुपर्छ ।
बौद्धदेखि सार्वजनिक यातायातमा बिहान ६ बजे नै सानोभर्याङ पुग्न निक्कै कठिन हुने भएपछि तीन सय ५० रुपैयाँ तिरेर लभए पनि काम चलाउँदै आएका उनलाई एकजना साथीले सोमबार दुई सय रुपैयाँमा पेट्रोल दिने ठाउँ बताइदिए ।
सोही अनुसार उनी बल्खुस्थित एक छाप्रोमा पुगे, जहाँ उलने साथी भनेअनुसार उनी बल्खुस्थित एक छाप्रोमा पुगे, जहाँ उनले साथीले भनेअनुसार नै प्रतिलिटर दुई सय रुपैयाँमै पेट्रोल फेला पारे ।
ब्ल्याक कारोबारीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले भाउ घटेको हो । आन्दोलनरत मधेसी मोर्चाले नाकाबन्दी खुल्न सक्ने संकेत गरेका कारण पनि अबैध तरिकाले तेल भित्र्याएर भण्डारण गर्नेहरु डराएका छन् । -अन्नपूर्ण पोष्ट दैनिक
Post a Comment