Headlines News :
Home » , » आफ्नै मन्त्रीबाट प्रधानमन्त्री ओलीलाई यसरि खतरा हुँदैछ

आफ्नै मन्त्रीबाट प्रधानमन्त्री ओलीलाई यसरि खतरा हुँदैछ

Written By Unknown on Sunday, December 27, 2015 | 7:15 PM


पुस १३, काठमाडौं । सरकारका खम्बा ठहरिएका उपप्रधानमन्त्री कमल थापा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध काठमाडौंको कठ्यांग्रिदो चिसोभन्दा पनि चिसो भएको छ ।

आफू दिनप्रतिदिन अलोकप्रिय बन्दै गएको तर, रातारात कमल थापा लोकप्रिय हुँदै आफ्नो व्यक्तित्वलाई नै छायाँमा पारेको आभास हुँदै गएपछि अहिले थापाको कुनै पनि कदम खतरा हुन थालेको छ । 

थापाको चीन भ्रमणको पूर्वसन्ध्यामा ओली बुझ्ने गरी यो संकेत सार्वजनिक मात्र गरेनन्, प्रतिनिधिमण्डलमा रातारात कानुनमन्त्री थपेर थापाप्रति विश्वास नरहेको सन्देशसमेत प्रवाह गरेका छन् । विशेषगरी थापाको दुईपटकको भारत भ्रमणबाट प्रधानमन्त्री ओलीले आफू किनरामा परेको अनुभव गरेका छन् ।

भारत, जेनेभा र बेलायत भ्रमणपछि अन्तर्राष्ट्रिय रुपमा उपप्रधानमन्त्री थापाको उचाई ओलीको भन्दा माथि पुगेको आभास हुँदै थियो । थापाले जेनेभामा भारतीय अधिकारीहरुलाई नेपालको हितमा दिएको जवाफ, बेलायतमा कर्णेल कुमार लामाको रिहाई र गोर्खा सैनिकको पेन्सनको मामिला उठाएर फर्किएका उनलाई भावी प्रधानमन्त्रीको रुपमा पनि कतिपय ठाउँमा चर्चा गर्न थालिएको छ । -तरुण साप्ताहिकबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger