|
|
आफ्नो बुवा ८२ वर्षीया हिराबहादुर कंवर डेढ वर्ष पहिले हराएपछि खोजतलास गर्नुको साटो टुनामुना लगाएर बेपत्ता बनाएको भन्दै आफूहरुलाई भाईका श्रीमतीहरु खिमा कंवर र रेखा कंवरले निरन्तर यातना र कुटपीट गर्दै आएको मनिरामले बताउनुभयो । हराएका आफ्ना हिराबहादुरको खोज अनुसन्धानका लागि अहिलेसम्म पनि प्रहरीमा जाहेरी दिईएको छैन ।
हिराबहादुर माथी टुनामुना गरेर घरबाट बेपत्ता बनाएको भन्दै श्रीमती हुमालाई एक वर्ष पहिले पनि बोक्सीको आरोपमा कुटपीट गरेको मनिरामले बताउनुभयो । त्यतिबेला घरको झगडा भन्दै प्रहरी मार्फत मिलापत्र भए पनि पटक पटक बोक्सीको आरोपमा फेरी कुटपीट भएको हो ।
कुटपीटबाट हुमा घाईते हुनु भएको छ । श्वास फेर्न गाह्रो हुने, ढाड दुख्ने समस्या देखिएको पीडितले बताउनु भएको छ । दोषी माथी कार्बाही नहुँदा आफूहरु माथी पटक पटक लाञ्छना र कुटपीट हुदै आएकाले गाउँमा बस्न सक्ने अबस्था नरहेको मनिरामले बताउनुभयो ।
आफू माथी अन्याय भएको भन्दै दोषीलाई कार्बाहीको लागि स्थानिय प्रहरी प्रशासनलाई अनुरोध गर्नुभएको छ । नवीन अभिलाषी, dangkhabar.com
Post a Comment