Headlines News :
Home » » भैरहवा नाकाबाट २ सय भन्दा बढी मालवाहक गाडी भित्रीए

भैरहवा नाकाबाट २ सय भन्दा बढी मालवाहक गाडी भित्रीए

Written By Unknown on Tuesday, December 22, 2015 | 5:55 AM


बुटवल, पुस ७, मालवाहक ट्रक र अन्य सवारी साधन गरी सोमबार झण्डै ६ सय गाडी भित्रिएको भैरहवाको सुनौली नाकाबाट मंगलवार पनि दुईसय बढी मालवाहक ट्रक भित्रिएका छन् ।

मधेशी मोर्चाको आन्दोलनका कारण तीन महिनादेखि प्रभावित रहेको बेलहिया नाका विगत तीनदिन यता केही सहज देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीका अनुसार मंगलबार साँझ ६ बजेसम्म १२ वटा ग्यांसका बुलेट र ११ ट्यांकर डिजेलसँगै १ सय ८८ वटा अन्य मालवाहक गाडी नेपाल भित्रिएका छन् ।

मंगलवार साँझ ६ बजेसम्म गाडीहरु निर्वाध रुपमा भित्रीएको र भित्रिने क्रम जारी रहेको कार्कीले जानकारी दिए । सिमा नाकामा कसैको अवरोध नभएको र नेपाल र भारतका स्थानीय प्रशासन र भन्सार कर्मचारीहरुको समन्वयपछि गाडी आयात सहज भएको बताईएको छ । -भगवती पाण्डे, setopatiबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger