|
|
परीक्षा समितिको बुधबारको बैठकले एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय गरेको छ ।
गत वर्ष चैत ५ गतेबाट परीक्षा संचालन गरिएको थियो भने यो वर्ष तराइको आन्दोलनले दुई हप्ता पछाडी सरेको छ ।
परीक्षा नियन्त्रक खगेन्द्र नेपालका अनुसार १८ गते विहिबार अनिवार्य अंग्रेजी विषयको परीक्षा संचालन हुनेछ । १९ गते अनिवार्य नेपाली विषयको परीक्षा संचालन हुनेछ ।
२१ गते अनिवार्य गणित, २२ गते विज्ञान, २३ गते सामाजिक तथा २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा संचालन हुनेछ ।
चैत २५ गते ऐच्छिक प्रथम तथा २६ गते ऐच्छिक द्धितिय विषयको परीक्षा संचालन हुने पनिकाले जनाएको छ । प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ ।
Post a Comment