Headlines News :
Home » » डिस्कोबाटै युवती किनबेच र जवानीको मोलमोलाई यसरी हुन्छ

डिस्कोबाटै युवती किनबेच र जवानीको मोलमोलाई यसरी हुन्छ

Written By Unknown on Wednesday, December 16, 2015 | 8:22 PM


पुस २, काठमाडौँ । राजधानीको व्यापारिक केन्द्र दरबारमार्गमा रहेको रात्रि क्लब भिक्टोरी डिस्कोमा नेपाली युवतीहरुको किनबेच तथा उनीहरुको जवानीको खुल्लमखुल्ला मोलमोलाई हुने गरेको रहस्य सार्वजनिक भएको छ ।

स्रोतका अनुसार आफूलार्ई ‘डन’ दाबी गर्ने उक्त डिस्कोका सञ्चालक राम गिरीले देहव्यापार तथा अफ्रिकी मुलुकका डान्सबारको नाममा नेपाली युवतीहरुको तस्करी र नेपालको कलाक्षेत्रमा मोडेलिङमा लागेका नेपानी तथा रसियाली युवतीहरुलाई प्रयोग गरेर देहव्यापारको भीआईपी र्याकेट सञ्चालन गरेको खुल्न आएको छ ।

उपत्यकाको रात्रिकालीन व्यवसायमा लुट मच्चाएर अर्बौँको अकूत सम्पत्ति जोड्न सफल भएका डिस्को सञ्चालक गिरीले आफ्ना सहयोगीहरु परिचालन गरेर नेपाली कलाक्षेत्रमा आबद्ध मोडेल युवतीहरु तथा विभिन्न आवरणमा देहव्यापारमा संलग्न महिला तथा युवतीहरुलाई डिस्कोमा सित्तैमा प्रवेश गराउँदै डिस्कोमा आउने धनाढ्य व्यापारीहरुलाई मोजमस्तीको लागि युवती मिलाइदिने र पछि तिनै युवतीहरुलार्ई प्रयोग गरेर व्यापारीहरुसँग ब्ल्याकमेल गर्ने गरेको उक्त डिस्कोको सुरक्षामा खटिएका एक कर्मचारीले नाम नछाप्ने शर्तमा जानकारी दिए ।

पछिल्लो महिना महानगरीय प्रहरीपरिसर ललितपुरले एक युवतीको जाहेरीको आधारमा घरजग्गा व्यवसायी भूषण थापालाई जबर्जस्ती करणी मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा जाहेरी दिने ती युवती पनि गिरीको उक्त डिस्कोमा बस्ने गरेको र त्यहाँबाटै मनोरञ्जनको लागि आउने धनाढ्य व्यापारीसँग सम्बन्ध विस्तार गर्दै ‘ब्ल्याकमेल’ गरेर रकम असुल्ने गरेको खुल्न आएको ललितपुर प्रहरी स्रोत बताउँछ ।

उक्त मुद्दामा ती युवतीले जबर्जस्ती करणीमा प्रतिवादी बनाइएका व्यवसायी थापासँग सहमतिमै शारीरिक सम्बन्ध राखेको र पछि थापाको आर्थिक हैसियत बुझेपछि पैसा माग्दै ‘ब्ल्याकमेल’ गरेको खुल्न आएको देखिएको ललितपुर प्रहरी स्रोतले बतायो ।

जबर्जस्ती करणी मुद्दामा ललितपुर जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएबमोजिम हाल नख्खु कारागारमा थुनामा रहेका भूषण थापाका आफन्तका अनुसार जाहेरी दिने ती युवतीसँग थापाको चिनजान गिरीले सञ्चालन गरेको सोही डिस्कोमा भएको थियो ।

चिनजान भएपछि थापा र ती युवतीको भेटघाट बाक्लिँदै जाँदा दुवैबीच आपसी सहमतिमा शारीरिक सम्बन्ध कायम भएको थियो । थापासँग सहमतिमा शारीरिक सम्बन्ध कायम भएपछि ती युवतीले ४० लाख रुपैयाँ माग गर्दै ‘ब्ल्याकमेल’ गर्नथालिन्, थापाले आफूले ४० लाख रुपैयाँ दिन नसक्ने बताएपछि युवतीले बलात्कार मुद्दा हाल्ने भन्दै धम्क्याउनथालिन् ।

ती युवतीले आफूसँग ‘ब्ल्याकमेल’ गरेको बुझेपछि थापाले १० लाख रुपैयाँसम्म दिएर घटना सामसुम पार्नखोजे । तर ती युवतीले २५ लाख रुपैयाँभन्दा तल आफूले कुनै सम्झौता नगर्ने बताएपछि थापाले आफूूले त्यति धेरै रकम दिन नसक्ने बताएपछि ती युवती काल्पनिक घटनाक्रमको जाहेरीसहित महानगरीय प्रहरीपरिसर ललितपुरमा जाहेरी दिएको आरोप थापाका आफन्तहरुको छ ।

जबर्जस्ती करणी मुद्दामा जाहेरी आएपछि ललितपुर प्रहरीले आरोपी थापालाई पक्राउ गरेर आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरमार्फत ललितपुर जिल्ला अदालतमा मुद्दा दायर ग¥यो । ललितपुर जिल्ला अदालतले थापाको उक्त मुद्दामा थुनछेक आदेश गर्दै पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललार्ई पुर्पक्षको लागि नख्खु कारागारमा थुनामा पठाएको छ ।

स्रोतका अनुसार आपसी सहमतिमा भएको शारीरिक सम्बन्धलार्ई लेनदेन नमिलेपछि जबर्जस्ती करणी मुद्दामा जाहेरी दिन ती युवतीलाई बाध्य बनाउने र अदालतमा बकपत्रको समयमा जाहेरीवालाको बकपत्र ‘होस्टाइल’ गराएर रकम असुल्ने धन्दामा डिस्कोका सञ्चालक गिरीले प्रतिवादीका आफन्तहरुसँग मोलमोलाइ गरिरहेको गिरीनिकट स्रोतको दाबी छ ।

युवतीहरु प्रयोग गरेर ‘ब्ल्याकमेल’ गर्दै रकम असुल्नका अलावा अफ्रिकी तथा खाडी मुलुकमा रेस्टुरेन्ट, डान्सबार तथा वेश्यालयहरुमा नेपाली युवती सप्लार्ई गर्ने काममा समेत गिरीको संलग्नता रहेको स्रोतको दाबी छ ।

उनले आफ्ना पाँचवटै रेस्टुरेन्ट तथा बारको प्रयोग गर्दै अफ्रिकी मुलुक तान्जानिया, केन्या, युगान्डा र खाडी मुलुक युएई, बहराइन, मलेसिया र ओमानमा विभिन्न प्रलोभन दिएर नेपाली युवती तस्करी गर्ने काममा समेत सक्रिय रहेको स्रोतको दाबी छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘अपरेसन इगल’को नाम दिँदै करिब छ महिना लगाएर अनुसन्धान गर्दा गत वर्षको चैत महिनामा युवती तस्करीको आरोपमा पक्राउ परेका राजेन्द्र सुवेदी, राज मानन्धर, ललितराज सिंह सुवाल, सुनिल अधिकारी, केदारबहादुर खड्का, नवीन दाहाल र भारतीय नागरिक तरुण रोजना खनगवालको समूहसँग गिरीको निकट सम्बन्ध रहेको देखिएता पनि प्रमाण अभावका कारण त्यसबेला उनलार्ई कारबाहीको दायरामा ल्याउन कठिन भएको सीआईबी स्रोत बताउँछ । -आर्थिक दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger