|
|
मङ्सिर २४, काठमाडौँ । मधेसमा तीन महिनादेखि जारी आन्दोलन र नाकाबन्दीको यर्थाथ जानकारी गराउन भन्दै चार दिनअघि दिल्ली उत्रिएका मधेसी मोर्चाका नेताहरूले ‘संवादबाटै समाधान खोज्न पहल गर्ने’ बताएका छन् ।
तर त्यसका लागि सरकारबाट स्पष्ट अवधारणा र परिणाममुखी कार्य योजना आउनुपर्ने उनीहरूले बताएका छन् ।
मोर्चाका संयोजक महन्थ ठाकुरले फर्कनुअघि बुधबार साँझ भने, ‘काठमाण्डु फिरेर मधेसी मोर्चा वार्तामा बस्ने र संवादको निरन्तर प्रक्रियाबाटै समाधान खोज्न पहल गर्नेछ ।’
अर्का नेता उपेन्द्र यादवले आफूहरू समाधान खोज्न यहाँ नआएको भन्दै आन्तरिक समस्याको समाधान अरूले गरिदिने नभई काठमाण्डुमै खोज्नुपर्ने बताए ।
उनले दिल्ली आएर मधेसी मोर्चाको आन्दोलन र मधेसी हक÷अधिकारका बारे फैलाइएको भ्रम चिर्न आफूहरू सफल भएको पनि बताए । -कान्तिपुर दैनिकबाट
Post a Comment