Headlines News :
Home » » मधेसी मोर्चा र सरकारबीच निर्णायक हुने भनिएको वार्ता किन सर्‍यो ?

मधेसी मोर्चा र सरकारबीच निर्णायक हुने भनिएको वार्ता किन सर्‍यो ?

Written By Unknown on Friday, December 4, 2015 | 6:21 PM


मङ्सिर १९, काठमाडौँ । परराष्ट्रमन्त्री कमल थापाले दिल्लीमा प्रत्यक्ष र प्रधानमन्त्री केपी ओलीले बुधबार र बिहीबार टेलिफोनमा संवाद गर्दा भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले नाकाबन्दी खोल्ने संकेत गरेकी थिइन् । 

तर, यसका लागि मधेसी मोर्चासाग वार्ता गर्ने, संसद्मा दर्ता भएको संशोधन प्रस्ताव पारित गर्ने र सीमांकनको विषयमा मधेसी मोर्चासहितको समिति बनाएर तीनदेखि ६ महिनाभित्र समस्या समाधान गर्ने बाटो अपनाउन सुझाब दिएकी थिइन् । 

तर, मुख्य तीन दलले मधेसी मोर्चासाग वार्तै नगरी संविधान संशोधन गर्ने र सीमांकन गर्न समिति बनाउने निर्णय गरे । वार्ताबाट हुने सहमति पहिल्यै नै तीन दलले गरेपछि केका लागि वार्ता गर्ने भन्ने प्रश्न मधेसी मोर्चाले उठायो ।

वार्ता गरेर सबैको सहमतिमा यस्तो निर्णय भन्नुको सट्टा पहिले नै निर्णय गरेर मोर्चालाई भूमिकाविहीन बनाइएकोमा उनीहरूले असन्तुष्टि जनाए ।

शुक्रबार साँझ ५ बजे मोर्चासँग वार्ता गर्ने भनेर सत्तारुढ दलले बिहीबार नै सार्वजनिक गरेका थिए । तर, शुक्रबार बिहानसम्म आफूहरूले खबर नपाएको मधेसी मोर्चाका नेताले बताइरहेका थिए । 

मध्याह्न ११ बजे मात्रै मोर्चाका नेताहरूलाई फोन गरेर जानकारी गराइएको थियो । प्रधानमन्त्री केपी ओलीले शुक्रबार बिहान ११ बजे उपेन्द्र यादवलाई फोन गरेर ‘वार्तामा बस्नुपर्‍यो’ भनेको यादवनिकट स्रोतले जानकारी दियो । 

यादवले ‘सर्लाहीमा त्यत्रो घटना भएको छ, कसरी वार्तामा बस्ने ?’ प्रश्न गरेका थिए । प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले ‘ए, त्यस्तो पो भएछ’ भनेपछि मोर्चाका नेताहरू वार्तामा नजाने निर्णयमा पुगेका हुन् । 

तर, मधेसीहरू वार्तामा नआउने दिउासै स्पष्ट भए पनि तीन दलका नेताहरू साझसम्म बालुवाटारमा पर्खिरहेका थिए । -नयाँ पत्रिका दैनिकबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger