Headlines News :
Home » » भारतीय भन्छन्-छिमेकलाई रुवाएर भलो हुँदैन

भारतीय भन्छन्-छिमेकलाई रुवाएर भलो हुँदैन

Written By Unknown on Friday, December 4, 2015 | 6:32 PM


मङ्सिर १९, लमजुङ । भारतको बिहार प्रदेशका शंकरदयाल सिंह अहिले ५६ वर्षका भए । पेसाले उनी शिक्षक हुन् । माध्यमिक तहसम्म उनले गणित विषय पढाउँदै आएका छन् । 

उनी नेपाल बस्न थालेको ३० वर्ष भयो । दुई वर्ष उनले नेपाल भारत सीमानामा पर्ने नवलपरासीको त्रिवेणीस्थानमा एक स्कुलमा पढाए । २८ वर्षभयो उनले पश्चिम लमजुङको भोर्लेटारस्थित ईशानेश्वर उच्च माविमा पढाउन थालेको छ ।

नेपालमा बस्दा उनले भारतले गरेको नाकाबन्दी दुई पटक भोगेको बताए । दोस्रो पटक पनि भारतले नाकाबन्दी गर्दा उनको सारै चित्त दुखेको छ । ‘छिमेकी कमजोर हुँदा त सहयोग पो गर्ने हो,’ उनले भावुक हुँदै भने ‘छिमेकीलाई रुवाएर कहिल्यै भलो हुँदैन ।’

भारतको नाकाबन्दीका कारण अहिले उनी निक्कै समस्यामा परेका छन् । प्यारालाइसिसको बिरामी भएपनि उपचार गर्न सकेका छैनन् । ‘औषधि सकिएको छ, लिन जान पाएको छैन । -अन्नपूर्ण पोष्टबाट 

भारतको पटनामा परीक्षण गराउँदै आएको थिएँ । घरमा खाना पकाउने ग्यास पनि सकिएको छ ।’ आफ्नो व्यथा सुनाउँदै उनले भने । अन्नपुर्ण पोष्ट दैनिकबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger