|
|
मङ्सिर २६, काठमाडौँ । सत्तारुढ एमालेका नेता, कार्यकर्ता र नातागोता चीन भ्रमणमा गएका छन् । एक महिनामै तीनवटा टोली चीन भ्रमणमा गएका छन् । तीमध्ये साताव्यापी भ्रमण पूरा गरेर एउटा टोली फर्किएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीसँगको कार्यकर्ता आदान प्रदान कार्यक्रम अन्र्तगत एमालेले पठाएको टोलीमा महासचिव ईश्वर पोखरेलले एकलौटी गरेका छन् । छलफल नगरी आफूनिकटलाई पठाएको भन्दै पार्टीभित्र असन्तुष्टि सुरु भएको छ ।
तीब्बत, बेइजिङलगायतको भ्रमणमा मंसिर १ गते गएको टोलीमा अधिकांश पोखरेलका नातागोता र उनको समूहमा नेता कार्यकर्ता छन् । टोली तिब्बत, संघाई र बेइजिङको विकासको अवलोकनका लागि चीन गएको हो ।
कान्तिपुर दैनिकबाट
Post a Comment