Headlines News :
Home » » तीनबुँदे प्रस्तावले दिल्ली शान्त, मधेसी अशान्त

तीनबुँदे प्रस्तावले दिल्ली शान्त, मधेसी अशान्त

Written By Unknown on Friday, December 11, 2015 | 7:53 PM


मङ्सिर २६, काठमाडौँ । परराष्ट्रमन्त्री कमल थापाले पछिल्लो भारत भ्रमणको क्रममा राखेको तीनबुँदे प्रस्तावले भारत शान्त भए पनि मधेसी दललाई भने यसले सन्तुष्ट पार्न सकेन ।

तीनबुँदे प्रस्ताव राख्ने क्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न खोजे पनि पाएनन् । तर, बिहान स्वराजको निवासमै पुगेर उपप्रधानमन्त्री थापाले कुराकानी गरे । 

त्यहीँबाट प्रधानमन्त्री केपी ओलीसँग स्वराजको कुराकानी भयो । तीनबुँदे प्रस्ताबबारे स्वराज सम्भवतस् आश्वस्त भइन् । मोर्चाका शीर्ष नेतालाई बोलाएरै कुराकानी गर्ने आश्वासन भारतीय पक्षले दियो । त्यही बिहान थापा काठमाडौं फर्किए । 

जाँदाजाँदै उनले भने, ‘भारत सकारात्मक भयो, नाकाबन्दी खुल्छ ।’ मधेसीसँग वार्ता हुने र सहमति हुने थापाले अगाडि नै भारतीय मिडियामार्फत सार्वजनिक गरिदिए । 

सहमतिपत्र पहिले नै सार्वजनिक गरेर आफूहरूलाई भूमिकाविहीन बनाएको भन्दै मधेसीहरू आक्रोशित भए । उता, दिल्ली भने मधेसी नेतालाई फकाउने र दबाब दिने रणनीतिमा लाग्यो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger