Headlines News :
Home » » मोवाइल पसलमा चोरी गर्ने तुलसीपुरका चारजना स्कुले बालक पक्राउ

मोवाइल पसलमा चोरी गर्ने तुलसीपुरका चारजना स्कुले बालक पक्राउ

Written By Unknown on Wednesday, December 23, 2015 | 3:10 AM


पुस ८, दाङ । मध्यरातमा ताला फोडी मोवाइल पसलमा चोरी गरेको आरोपमा दाङका ४ जना स्कुले बालक पक्राउ परेका छन् । तुलसीपुरस्थित दोस्ती मोवाइल पसलबाट २४ थान मोवाइल चोरी गर्ने १४ वर्षदेखि १७ वर्षसम्मका स्कुले बालकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

महेन्द्र माध्यमिक विद्यालय तुलसीपुरमा कक्षा ८ मा अध्ययनरत ३ जना र कक्षा १० मा अध्ययनरत १ जना गरी ४ जना विद्यार्थीहरुलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिाय सुरु गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

साथी, संगत र परिवारको लापरबाहीका कारण विद्यार्थीहरु मध्यरातमा घरबाट बाहिरिने र आपराधिक घटनामा संलग्न हुने गरेको डिएसपी प्रसाईको भनाइ छ । ४ हजार मूल्य पर्ने मोवाइल स्थानीय बजारका मोवाइल पसलमा ६ सयमा बिक्रि गर्ने गरेको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन् ।

यसैबीच प्रहरीले चोरीमा सलंग्न ४ जना स्कुले बालक तथा हतियारसहित पक्राउ परेका १ जना गरी ५ जनालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले तुलसीपुर नगरपालिका वडानम्वर–१९ कटाहाका ४४ वर्षिय वीरबहादुर बस्नेतलाई कटुवा पिस्तोल र १ थान गोलीका साथ ईप्रका तुलसीपुरमा सार्वजनिक गरेको हो ।

पुस ५ गते मध्यरातमा कटाहास्थित आफ्नै माछापोखरीको डिलमा बसी बस्नेतले कटुवा पिस्तोल हातमा लिई होहल्ला गरिरहेको अवस्थामा स्थानीयबासीको खबरपछि प्रहरीले पक्राउ गरेको डिएसपी प्रसाईले जानकारी दिनुभयो ।

स्थानीय खुमबहादुर केसीसँगको विवादमा उत्तेजित भई आफैले घरमा राखेको पिस्तोल बाहिर ल्याई होहल्ला गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको र उनीमाथि हातहतियार खरखजना मुद्धा चलाइएको प्रसाईले जानकारी दिनुभयो । सुशील बस्नेत, dangkhabarबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger