Headlines News :
Home » » आफ्नो ‘बा’ले मानेमा बिहे गर्ने भन्दैछिन गायिका मन्जु पौडेल (भिडियोसहित)

आफ्नो ‘बा’ले मानेमा बिहे गर्ने भन्दैछिन गायिका मन्जु पौडेल (भिडियोसहित)

Written By Unknown on Tuesday, December 8, 2015 | 1:50 AM


कमल न्यौपाने । क्या राम्रो देख्याछौ ए मेरो काली, बे गर्ने सुरमा छु म एसैपाली । यो शब्द हो राम बानिँयाको ।

उत्कृष्ट शब्द र लय तयार गर्दै आईरहेका करण न्यौपानेले यस गीतको लय तयार गरेका हुन । बिन्दबासिनी म्युजिक प्राली मार्फत बजारमा आएको करण न्यौपानेको लय तथा राम बानिँयाको शब्दमा रहेको फुलकुमारी – २ बोलको गीतमा यो शब्द रहेको छ । जिन गीत भर्खरै सार्बजनिक भएको छ ।

गीतमा गायक नौलो किरण र गायिका मन्जु पौडेलको स्वर रहेको छ । लामो समयदेखी नेपाली दर्शकमाझ आफ्नो उद्घोषण कला र गायनबाट ख्याती कमाउदै आएकी गायिका मन्जु पौडेल र युवा पुस्ताका आश लाग्दा तथा बहुप्रतिभाशाली गायक नौलो किरणको यस गीतलाई दर्शक श्रोताले पनि राम्रो साथ दिईरहेका छन ।

रेकर्डिङ भएको समय देखिनै चर्चामा रहेको र गीतको अलग किसिमले गरिएको भिडियो सुटिङले गर्दा पनि दर्शकले धेरै पर्खेका थिए यो गीतलाई । तर अब भने दर्शक र श्रोताको त्यो पर्खाइको समय सकिएको छ ।

फुलकुमारी -२ को अडियो र भिडियो एकैसाथ सार्वजनिक भईसकेको छ । यस गीतमा गायकले आफ्नी कालीलाई राम्री देखिएको र आफुले एसैपाली बिहे समेत गर्ने सुरमा रहेको जनाउदै आफ्नो दिलमा सुटुक्क आउनको लागि आग्रह गरेका छन ।

पूर्णतया गीतले माया गर्ने प्रेमी र प्रेमिकाको भावलाई समाबेश गरेको छ । एकले अर्कोलाई मन पराएको र सोही अनुरुप बिहे गर्ने जस्ता भाव समेत गीतले उठान गरेको छ ।

गीतमा गायिकाले आफु गाँउघरकी सोझी ठिटी रहेको र आफु कालेको नजरमा फिदा भएको बताएकी छिन । आफु कालेलाई सम्झदा साह्रै खुशी हुने र आफ्नो बाले मानेमा आफु पनि बिहे गर्न राजी भएको जनाएकी छिन । गीतको भिडियोमा एकजना केटा र तीन जना केटीलाई उतारिएको छ ।

बिन्दबासिनी म्युजिक प्रालिको युटुब च्यानलमार्फत सार्वजनिक भएको यस गीतको भिडियोमा महेन्द्र गौतम सँगै रश्मी,रिना र कबितालाई देख्न सकिनेछ । शंकर बिसीको निर्देशन रहेको उक्त भिडियोलाई निर्माण गरेको छ कृष्ण फिल्मस एन्ड एडभरटाईजिङले । भिडियोलाई मधुर बस्नेतले खिचेका हुन र नबिन घर्ती मगरले सम्पादन गरेका हुन ।

फुलकुमारी – २ बोलको गीतको एक एक टुक्का एसो रहेको छ ।
केटा: क्या राम्रो देख्याछौ ए मेरो काली, बे गर्ने सुरमा छु म एसैपाली । सुटुक्कै आईहाल….. दिल मेरो खाली, ए हो आँखैको ईशारा, ए हो आँखैको ईशारा झिम झिम झिम परेली,आँखैको ईशारा,एसैमापाली बे गरौ काली, के छ हो बिचार ? ए हो काली,मेरो काली के छ हो बिचार ?

केटी: गाउँघरकी ठिटी म छु धेरै सिधा, तिम्रो त्यो नजरमा भए म फिदा
झन खुशी हुन्थे नि…… तिम्ले साथ दिँदा
ए हो आँखै ईशारा,ए हो आँखै ईशारा,झिम झिम परेली, आँखैको ईशारा, मानेमा बाले
हुन्छ ए काले, के छ हो बिचार ।
ए हो काले,मेरो काले के छ हो बिचार ?

गीतको भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger