|
|
मङ्सिर २२, कम्बोडिया । कम्बोडियाको क्रेटी प्रान्तमा विषाक्त कुकुरको मासु खाई विरामी परेकामध्ये पाँच व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
उक्त विषाक्त मासु खाँदा ३६ जना कम्बोडियाली नागरिक विरामी परेका थिए । एक जना वृद्ध, उनकी बुहारी र उनीहरूका एक जना छिमेकीको विषाक्त मासु खाएपछि आइतबार विहान मृत्यु भएको थियो ।
उनीहरूले सो मासु खाएको केही घण्टापछि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको बताइएको छ । मृतक वृद्धले बजारबाट किनेर ल्याएको उक्त मासु दूषित परेपछि मासु खाने तीनै जनाको मृत्यु भएको थियो ।
यसैबीच मृतकहरूको अन्त्येष्टीमा उपस्थित भएका अरू गाउँलेले पनि सोही बाँकी दूषित मासु खाएको र मासु खाएका कारण सहभागी सबै बिरामी परेका थिए ।
मासु खाएपछि शरीरमा आलस्यता उत्पन्न भएको र रिङ्गटा लागेपछि उनीहरूका आफन्तले बिरामी सबैलाई अस्पताल पु¥याएको जनाइएको छ ।
Post a Comment