|
|
पुस १०, पर्वत । काम गर्नलाई जातले छेक्दैन । परम्परागत रुपमा जुत्ता सिलाउने काम सार्की जातिको हो तर अहिले बाहुनका छोराले पनि जुत्ता सिलाउन थालेका छन् ।
जनै लगाएर जुत्ता सिलाउन हुँदैन भन्ने परम्परागत मान्यतालाई चुनौती दिँदै ३२ वर्षीय वीरेन्द्र शर्माले जुत्ता सिलाउने पेसा अंगालेका हुन् । नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
डेढ वर्षदेखि पर्वतको सदरमुकाम कुस्मा बजारमा जुत्ता मर्मत पसल खोलेर शर्माले जुत्ता बनाउने व्यवसाय सुरु गरेका हुन् । नवलपरासी जिल्लाको गैँडाकोट घर भएका वीरेन्द्रले जुत्ता सिलाउने सीप विगत ४ वषैदेखि सिक्दै आएका थिए । ९ वर्ष भारतमा काम गरेर फर्केका शर्माले जुत्ता सिलाउने पेसा सुरु गर्दा पछुतो नभएको बताए ।
‘विदेशमा जे काम पनि गर्न हुने नेपालमा किन नहुने ? शर्माले भने–बाहुनको तछोरोले जुत्ता सिलाएर विदेशीएका युवाहरुलाई उदाहरण दिएको छु । ’आफूले भारतमा काम गर्दा कडाइ बुन्ने का गरेर नेपाल फर्केको बताउँदै उनले नेपाल आएपसिछ यो पेसा सुरु गर्ने सोच आएको बताए ।
Post a Comment