|
|
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले महाभूकम्प र भारतको अघोषित नाकाबन्दीले ऋणात्मक हुन पुगेको मुलुकको अर्थतन्त्रमा बर्सेनि तीन अर्ब रुपैयाँभन्दा बढीको व्ययभार थप्दै जनसंख्या तथा वातावरण र खानेपानी तथा सरसफाइ मन्त्रालय थपेको हो ।कान्तिपुर दैनिकमा समाचार छ ।
ओलीले मुलुकको आवश्यकताभन्दा आफ्नो सरकार जोगाउने नाउँमा मन्त्रिपरिषदबाट बिनागृहकार्य मन्त्रालय फुटाएको टिप्पणी सरकारी अधिकारीले नै गरेका छन् ।
जाडोले कठ्यांग्रिएर भूकम्पपीडित मर्न थालेको घटना सार्वजनिक भइरहेका बेला बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई बेवास्ता गरी मन्त्रालय थपेर अर्बौंको प्रशासनिक दायित्व बढाउने काम गरेको ती अधिकारीले बताए ।
भूकम्पपीडितलाई चिसोबाट बच्न कम्बलसमेत दिन नसकेको सरकारले संसद्मा एक सिटमात्र भएका दलका नेतालाई मन्त्री बनाउन मन्त्रालय थपेको हो ।
मन्त्रालयको संख्या बढेर २८ पुगेका छन् । संविधानसभाबाट जारी संविधानमा प्रतिनिधिसभाको निर्वाचनपछि बन्ने मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुने उल्लेख छ ।
प्रधानमन्त्री ओलीले संविधानबमोजिम मन्त्रालय र मन्त्रीको संख्या घटाउनुपर्नेमा उल्टै संवैधानिक प्रावधानको पालना गर्ने राजनीतिक तथा नैतिक दायित्व बिर्सेर मन्त्रालय संख्या बढाएका हुन् ।
प्रशासन सुधार आयोग २०४८, सार्वजनिक खर्च पुनरावलोकन आयोग २०५७ सहित विभिन्न अध्ययनले मन्त्रालय संख्या घटाएर १८ वटामा सीमित राख्न दिएको सुझावलाई समेत सरकारले लत्याएको छ ।
Post a Comment