Headlines News :
Home » » अन्तिम धक्का भनिएको आन्दोलन तीन दिनमै फितलो

अन्तिम धक्का भनिएको आन्दोलन तीन दिनमै फितलो

Written By Unknown on Monday, December 21, 2015 | 7:26 PM


पुस ७, काठमाडौं । मधेसका माग पूरा गराउन सरकार र प्रमुख तीन दललाई ‘अन्तिम धक्का’ दिने भन्दै मधेसी दलले चर्काएको आन्दोलन तीन दिन बित्न नपाउँदै फितलो भएको छ ।

मधेसी दलको प्रदर्शनका कारण शुक्रबारदेखि बन्द रहेका वीरगन्जका बजार र पसल सोमबारदेखि खुलेका छन्। ठूला सवारीसाधन नचले पनि मोटरसाइकल, रिक्सा, टाँगा, टेम्पो, इरिक्सालगायत साना साधन चलेपछि बजारमा चहलपहल बढेको छ।

सोमबार बिहान मधेसी दलले वीरगन्जमा लाठी जुलुस प्रदर्शन गरे पनि त्यसको कुनै असर परेन। जुलुस प्रदर्शन सकिएलगत्तै व्यापारीले बजार र पसल खोले। बजार खुलेपछि वीरगन्जमा सर्वसाधारणको चहलपहल पनि बाक्लिएको छ।

आन्दोलनरत दलका नेता र जिल्लास्थित सुरक्षा निकायका प्रमुखबीच सोमबार बिहान जिल्ला प्रशासन कार्यालयमा अनौपचारिक छलफल भएको थियो । छलफलमा जिल्लाका प्रहरी प्रमुखले प्रदर्शन र तोडफोड गरे हिरासतमा राख्ने चेतावनी दिएपछि वीरगन्जमा सोमबार बिहान मधेसी दलका कार्यकर्ताले टायर बाल्नुबाहेक कुनै प्रदर्शन गरेनन् ।

सोमबार प्रदर्शन नभएकै कारण वीरगन्जको जनजीवन सामान्य बनेको हो । तीन दिनदेखि तनावग्रस्त वीरगन्ज सोमबार शान्त बनेपछि यहाँका सर्वसाधारण र व्यापारीले राहत महसुस गरेका छन् ।

ुठूला नेताहरू वार्ता गर्न भनी काठमाडौंमा बसेर मोज गरिरहेका छन्, वीरगन्ज रानीघाटका नन्दु गुप्ताले भने, ‘यहाँ भने बिनाकामको तोडफोड र झडपमात्रै भएको छ। अब त अति नै भइसक्यो। यो सब रोक्नुपर्छ। आन्दोनलनकारी संयमित बन्नु जरुरी छ ।

मधेसी दलले आन्दोलन चर्काएका कारण वीरगन्जका बजार र पसल शुक्रबारदेखि आइतबारसम्म भने पूर्ण रूपमा बन्द थिए। मधेसी दलका कार्यकर्ताले दिनहुँ प्रदर्शन गर्दै आएका थिए ।

मधेसी दलका कार्यकर्ता र प्रहरीबीच दिनभर हुने झडपले वीरगन्जमा शनिबार र आइतबार निक्कै तनाव भएको थियो। दुवै दिनको झडपमा परी १२ जना प्रहरी पनि घाइते भएका थिए। आन्दोलनकारीले दुईवटा टेम्पो र १० वटा मोटरसाइकल तोडफोड गर्नुका साथै दुईवटा मोटरसाइकलमा आगो लगाएका थिए ।-अन्नपूर्ण पोष्ट दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger