Headlines News :
Home » » नेपाली युवती बलात्कार गर्ने ७ जनालाई लाई मृत्युदण्ड

नेपाली युवती बलात्कार गर्ने ७ जनालाई लाई मृत्युदण्ड

Written By Unknown on Monday, December 21, 2015 | 7:22 PM


पुस ७, नयाँदिल्ली । गत फेब्रुअरी दोस्रो सातामा हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि जघन्य बलात्कारसहित हत्या गर्ने ७ जना अभियुक्तलाई राज्यको न्यायालयले मृत्युदण्डको सजाय सुनाएको छ ।

मानसिक रोगको उपचारका लागि बर्दिया राजापुरबाट आएकी २८ वर्षीया सुनार युवतीलाई स्थानीय भारतीय नागरिक र नेपाली कामदारले नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए ।

बलात्कारपछि उनको यौनांगमा ढुंगा÷फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको समाचार आएपछि प्रहरी अनुसन्धानमा अभियुक्तहरु पक्राउ परेका थिए ।
हरियाणा राज्यमा विशेष अदालतकी न्यायाधीश सीमा सिंघलले पदम, पवन, सुनील, सरबर, राजेश, सन्तोष र मानवीरलाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।

यो घटना अनुसन्धानमा ६६ जना साक्षी प्रमाणको ९ महिना लामो बयान लिइएको थियो । -कान्तिपुर दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger