|
|
पुस ८, काठमाडौं । युद्धग्रस्त सिरियालगायत मुलुकका शरणार्थी यतिबेला युरोपली देशका शिविरहरु भरिभराउ छन् । त्यही भीडमा नेपाली नागरिकसमेत रहेको पत्ता लागेको छ ।
मानव तस्करले सिरिया, रुस, इराक र अफ्रिकी मुलुक हुँदै नेपालीलाई युरोप लगेका हुन् । रोजगारीको खोजीमा रहेका नेपालीलाई सिरियाली शरणार्थीको भीडमा मिसाएर भूभध्य सागरको खतरनाक यात्रापछि युरोप पुर्याउने गरिएको छ ।
उत्तरी युरोपेली मुलुक फिनल्यान्डमा बसोबास गर्दै आएका गैरआवासीय नेपालीले त्यस्ता शिविरमा दोभासेको काम गर्ने क्रममा यो तथ्य पत्ता लागेको हो । गैरआवासीय नेपाली महासंघ फिनल्यान्डका पदाधिकारीले त्यसबारे अध्ययन थालेका छन् ।
इराकी र सिरियालीसँग अनुहार र छालाको रंग मिल्ने भएकाले शरणार्थीको भीडमा मिसाउन मानव तस्करका लागि सहज भएको छ । -कान्तिपुर दैनिक
Post a Comment