Headlines News :
Home » » दाङमा हत्या भएको १४ वर्षपछि चन्द्रबहादुर काजकिरीया गरियो

दाङमा हत्या भएको १४ वर्षपछि चन्द्रबहादुर काजकिरीया गरियो

Written By Unknown on Tuesday, December 22, 2015 | 7:15 PM


पुस ८, दाङ । ४ वर्ष पहिला हत्या गरिएका रुकुमका चन्द्रबहादुर खत्रीको दाङमा अन्तिम दाहसंस्कार गरिएको छ ।
सशस्त्र युद्धको समयमा २०५८ साल पुस ७ गते तत्कालिन नेकपा माओवादीले हत्या गरेका झुला गाविस ३ भेराखेतका खत्रीको कुसको पुत्ला वनाएर सोमबार फुलबारी गाबिसमा अन्तिम दाहसंस्कार गरी काजकिरीया थालिएको छ ।

पार्टीलाई चन्दा नदिएको, सहयोग नगरेको, नेपाली काँग्रेस नछोडेको लगाएतका आरोप लागेका खत्रीलाई रातको समयमा अपहरण गरि जंगलमा लगेर हत्या गरिएको थियो । हत्या गरेको समयमा माओवादीले काजकिरिया गर्न नदिएका कारण आफुहरुले काजकिरिया नगरेको छोरा बसन्त खत्रीले जानकारी दिनुभयो । नेपाली काँग्रेसका गाउँ इकाइ कमिटि सभापति र गाविस उपाध्यक्ष समेत भएका खत्रीलाई धेरै पटक माओबादीले कुटपिट गरेको परिवारले जनाएको छ ।

श्रीमानको हत्या, जेठो छोरालाई बेपत्ता पारेसंगै सम्पुर्ण सम्पत्ती माओवादीले कब्जा गरेपछि आफु नावालक छोराछोरीलाई लिएर दाङ आएको शसिली खत्रीले वताउनुभयो । जेठो छोरा वसन्त खत्रीलाई पनि २०५६ साल वैशाख १४ गते घर वाटै अपहरण गरि वेपत्ता पारिएको थियो ।

वेपत्ता पारिएपछि माओवादीकै नजरवन्द बाट उम्कन सफल बसन्तले धेरै वर्ष भारतमै मजदुरी गरेर घर फर्कनुभएको छ । खत्रीको परिवारका अनुसार दाङ आइ सकेपछि पनि छोरा घर आउने अवस्था नभएको र शान्ति वार्ता पछि सवै परिवार एकै ठाउँमा नभएका कारण काजकिरीया लम्बिएको परिवारले जनाएको छ । सन्तोषकुमार गुप्ता, sajhasabalबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger