|
|
महानगरीय आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतापसिंह थापाले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शरद चन्दको नेतृत्वमा स्पेसल टास्क फोर्स गठन गरेका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखासहित उपत्यकास्थित तीनवटै प्रहरी परिसर र त्यस मातहत रहेका वृत्त, प्रभाग र चौकीहरुले गर्ने काम कारबाहीमा ‘स्ट्यान्डर्ड मेन्टेन’ भएको छ वा छैन ? जनताले कानुनबमोजिम सुविधा पाएका छन् वा छैनन ?
पक्राउ पर्ने व्यक्तिभन्दा सोधपुछको बहानामा अरु नै पक्राउ परेका छन् कि भन्ने विषयमा अनुगमन र निगरानी राख्न टास्क फोर्स गठन गरिएको हो । -राजधानी दैनिकबाट
Post a Comment