Headlines News :
Home » » जोगबनी नाकामा प्रहरी–मोर्चा कार्यकर्ता झडप, झडपपछि राजेन्द्र महतो भारततिर

जोगबनी नाकामा प्रहरी–मोर्चा कार्यकर्ता झडप, झडपपछि राजेन्द्र महतो भारततिर

Written By Unknown on Saturday, December 26, 2015 | 4:04 AM


पुस ११, काठमाडौँ । विराटनगरको सीमावर्ती जोगबनी नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । सीमा नाकामा अवरोध गर्न बसेका मधेसी मोर्चाका नेता राजेन्द्र महतोलाई धर्नामा बस्नबाट प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

महतोसहितका नेता कार्यकर्ता भारतीय भूमिबाट प्रवेश गरी भन्सार कार्यालयनजिक दशगजा क्षेत्रमा धर्नामा बसेका थिए । त्यसक्रममा प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । भन्सार नाकाभन्दा केही उत्तर रानी क्षेत्रको बसपार्कमा सभा गर्ने भनिएको थियो । 

तर भारतीय क्षेत्रबाट प्रवेश गरेका महतोसहितका नेता कार्यकर्ता दशगजामा धर्ना बस्न खोजेको मोरङका प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले बताए । प्रहरीको लाठी प्रहारले घाइते भएकाले महतो उपचार गर्न भारततिर गएको दाबी मोर्चाले गरेको छ ।

त्यसक्रममा प्रहरी र भन्सार कार्यालयको गेटनजिकको कार्यालयमा मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गरेको उनले बताए । त्यसपछि प्रहरीले पनि लाठी प्रहार र अश्रुग्यास प्रयोग गरेको थियो । झडपको घटनापछि महतोसहितका नेता कार्यकर्ता नाका छिचोल्दै भारतीय भूमितिर गएको लम्सालले बताए ।

मोर्चाका कार्यकर्ताले भारतीय क्षेत्रबाट नेपाली प्रहरी टोलीलाई ढुंगा प्रहार गरेका थिए । झडपमा आफ्ना केही कार्यकर्ता घाइते भएको मोर्चाले जनाएको छ ।

सद्भावना पार्टीका केन्द्रीय प्रवक्ता सन्तोष मेहताका अनुसार प्रहरीले धर्नामा बसेका बेला हस्तक्षेप गरेको थियो । त्यसक्रममा एक्कासी लाठी प्रहार गरेको उनले दाबी गरे । लाठी प्रहारबाट अध्यक्ष महतो, केन्द्रीय सदस्य दिलिप धाडेवा र आफूसहितका नेता कार्यकर्ता घाइते भएको सन्तोषले बताए ।

मोर्चासँग सहकार्यमा रहेको आदिवासी जनजाति मञ्चका महासचिव तेन्जिङ लामाका अनुसार प्रहरीको लाठीचार्जले घाइते भएका कार्यकर्ताहरु भारततर्फको जोगबनीतर्फ गएको बताए ।

झडपका कारण नाका क्षेत्रमा तनाव भएको छ । त्यहाँबाट सर्वसाधारणको आउजाउ समेत प्रभावित भएको छ । ekantipur.comबाट साभार 


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger