Headlines News :
Home » » भारतीय र पाकिस्तानीको सेटिङ, रुस पठाउने भन्दै नेपालीलाई ठगी

भारतीय र पाकिस्तानीको सेटिङ, रुस पठाउने भन्दै नेपालीलाई ठगी

Written By Unknown on Sunday, December 13, 2015 | 7:02 PM


मङ्सिर २८, काठमाडौं । भारतीय र पाकिस्तानीको सेटिङमा नेपाली युवालाई अवैध रूपमा रुस पठाउने गिरोह काठमाडौंमा सक्रिय देखिएको छ ।

रुसको राजधानी मस्कोमा राम्रो काम र आकर्षक तलब पाउने प्रलोभनमा नेपाली युवा ठगिन थालेका छन्।पछिल्लोपटक कामका लागि रुस हिँडेका बौआगुम्बा पाल्पाका हुमबहादुर राना र दिनबहादुर रानालाई मस्कोस्थित अध्यागमन कार्यालयले फर्काइदिएपछि यसबारे खुलेको हो । रानाद्वय नजिकका नातेदार हुन् ।

उनीहरूले भारतको राजधानी नयाँदिल्ली र रुसको राजधानी मस्कोमा रहेका एजेन्टले आफूहरूलाई फसाएको बताए पनि काठमाडौंमा उनीहरूसँग सेटिङ मिलाउने व्यक्तिबारे बताउन मानेनन् । उनीहरूलाई काठमाडौंबाटै दलालहरूले नयाँदिल्ली र मस्कोमा कनेक्सन गराएको बताइएको छ ।

नेपालस्थित रुसी दूतावासबाट भिसा लिएका रानाद्वय नयाँदिल्लीबाट एयर इन्डियाको जहाज हुँदै मस्को विमानस्थलमा उत्रिएका थिए। नेपालबाट रुसको भिसा लिए पनि काठमाडौंस्थित विमानस्थलमा प्रहरी, अध्यागमन र एयरलाइन्समा सेटिङ मिलाउन झन्झटिलो भएकाले दलालको सुझावअनुरूप उनीहरू नयाँदिल्ली हुँदै मस्को जान सहमत भएका थिए । -अन्नपूर्ण पोष्ट दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger