Headlines News :
Home » » दाङमा खुकुरी आतंक: दुई हप्तामा एक जनाको ज्यान गयो, ७ जना घाइते

दाङमा खुकुरी आतंक: दुई हप्तामा एक जनाको ज्यान गयो, ७ जना घाइते

Written By Unknown on Sunday, December 13, 2015 | 11:06 PM


मंसिर २८, दाङ । पछिल्लो समय पश्चिम दाङमा अपराधिक घटनामा वृद्धि हुन थालेको छ । २ हप्ताको अवधिमा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

तुलसीपुर बजारबाट काम गरेर घर फर्किदै गरेका तुलसीपुर नगरपालिका वडा नं १८ क्वाङी निवासी जलुस चौधरी आइतबार विहान घर नपुग्दै बाटोमै मृत अवस्थामा फेला परे । घरदेखि करिब ३÷४ सय मिटर टाढाको दुरिमा मृतअबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटनाको प्रकृति अनुसार खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाईले जानकारी दिए । कसले किन हत्या ग¥यो भन्ने कुरा अझै खुल्न सकिरहेको छैन् ।

त्यसैगरी गत ११ गते खुकुरी प्रहारबाट गोल्टाकुरी गाविस १ फुर्केसल्लीमा ३ जना घाइते भएका छन् । तर प्रहरीले लाठी प्रहारबाट घाइते भएको बताएको छ । घटनामा संलग्न केही युवालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक मुद्दा चलाएको छ ।


त्यसैगरी मंसिर १८ गते हेकुली–७ डाँडाचिसमा खुकुरी प्रहारबाट राजु गिरी घाइते भएका छन् । गिरी माथि खुकुरी प्रहार भए पछि उनका साथीहरुले बदला स्वरुप हेकुली ५ पोटलीमा आफन्तकोमा पूजामा गएका निर्दोष व्यक्तिलाई अन्धाधुन्ध खुकुरी प्रहार गरेको पिडितहरुले बताएका छन् ।

 खुकुरी प्रहारबाट तुलसीपुर–११ अश्वाराका महेश डाँगी, सन्तोष भण्डारी र हेकुली ६, लौबस्ताका पृतम बस्नेत घाइते भएका छन् । घाइतेहरुले पवनगरका राजकुमार केसी, मिनु गिरी, ध्रुव विक, टोपजंग गिरी, र रवि योगीका नाममा किटानी जाहेरी दिएको प्रहरीले बताएको छ । राजकुमार गिरीलाई खुकरी प्रहार गर्ने युवाहरुलाई खोज्न प्रहरीसँग पोटलीमा पुगेका युवाहरुले प्रहरीकै बलमा खुकुकरी प्रहार गरेको पिडित घाइतेहरुले आरोप लगाएका छन् ।

यता इप्रका तुलसीपुरका प्रमुख कृष्ण प्रसाईले प्रहरी पुग्नु अघि नै घटना भएको दाबी गर्नु भएको छ । आइतबार क्वाङीमा भएको घटना गम्भिर र चुनौतिपूर्ण भएको भन्दै यसको अनसुन्धान जारी रहेको प्रहरीले बताएको छ ।

‘पछिल्लो सयम अपराधिक घटनामा वृद्धि हुन थालेको हो ?,’ भन्ने प्रश्नमा प्रसाइले त्यसो भन्न नमिल्ने भन्दै खुकुरी प्रयोग गर्ने कुरा तुलसीपुर क्षेत्रका युवाहरुलाई सामान्य जस्तो लागेकाले यस्ता घटना भएको बताए । तर पनि घटना न्युनिकरण गर्न प्रहरी लागि परेको प्रसाईले जानकारी दिए ।

यता मानवअिधकार तथा शान्ति समाजले राजनीतिक संरक्षणका कारण हिंसात्मक घटनामा वृद्धि भएको बताएको छ । शान्ति समाजका केन्द्रिय सदस्य सुशील बस्नेतले कानुन कार्यान्वयनका क्रममा राजनीतिक दलहरुले प्रहरीलाई आफनो प्रभाव र दबाबमा पार्ने भएकाले पनि स्वतन्त्र छानविन हुन नसक्दा अपराधिक कृयाकलाप घट्नुको साटो बढ्न थालेको बताए । केहि समय शान्त रहेको पश्चिम दाङ, पछिल्लो समय अशान्त जस्तै हुन लागेपछि स्थानियहरु त्रसित हुन थालेका छन् । @ratopati

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger