Headlines News :
Home » » पोखराको चाउथेमा आगलागीमा परी एकै घरका चारको मृत्यु

पोखराको चाउथेमा आगलागीमा परी एकै घरका चारको मृत्यु

Written By Unknown on Wednesday, December 30, 2015 | 12:11 AM


पुस १५, कास्की । पोखरा १४ चाउथे प्रगती टोलमा एकै घरका ४ जनाको मृत्यु भएको छ ।

गयराती सुतेको अवस्थामा घरको फ्ल्याटमा आगो लाग्दा पोखरा १४ चाउथेस्थित प्रगतिटोलमा निस्सासिएर एकै परिवारका तीन सहित ४ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा ३६ वषिर्या सिता रानामगर, उनका १२ वषिर्य छोरा हेमन्त राना, ७५ वषिर्या आमा गंगाकुमारी थाला मगर र सिताकी दिदीकी छोरी वसन्ती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

विहान अबेरसम्म पनि परिवारका कोहिपनि नउठेपछि स्थानीयले फ्ल्याटमा हेर्दा झ्याल र सिसाहरुमा कालो धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ढोका फोडेर हेर्दा उनीहरुको मृत्यू भइसकेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कोठामा ईलेक्टि्रक सर्ट वा मैनवत्ति बालेर सुत्दा सोफा जलेर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger