|
|
मङ्सिर १८, काठमाडौँ । विदेश अध्ययनमा जान चाहने विद्यार्थी र कन्सल्टन्सीका कारण पहिले भोगेका समस्या दोहोरिने गरेका छन् ।
पर्याप्त सूचना नलिई विद्यार्थीले पनि सजिलो खोज्दा विदेश अध्ययन जति आकर्षक बनेको छ उत्तिकै जटिलता पनि बढ्दै गएको छ ।
युरोपेली, अमेरिकी देशहरुमा मात्र होइन जापान, अस्ट्रेलिया तथा सार्क राष्ट्रहरु बंगलादेश, पाकिस्तान र छिमेकी देश भारतमा समेत विद्यार्थीले दुःख पाउने गरेका छन् ।
सार्कका विभिन्न देशमा मेडिकलसम्बन्धी अध्ययन गर्ने विद्यार्थीले धेरै समस्या भोग्नुपरेको छ ।
एउटै मेडिकल कलेजबाट धेरै कन्सल्टेन्सीले नेपालका लागि कोटा ल्याउँदा बंगलादेशमा एमबीबीएस अध्ययनमा समस्या भएको छ भने भारतमा नर्सिङ पढिसकेर नेपाल र्फकदा पनि कतिपय कन्सल्टेन्सीले विद्यार्थीको सर्टिफिकेट आफैंसँग राख्ने गरेका छन् । -नयाँ पत्रिका दैनिक
Post a Comment