Headlines News :
Home » » मृत्यु भएको चारमहिना बित्यो शव आएन, आमा र श्रीमती घरमा रुँदै पर्खँदै

मृत्यु भएको चारमहिना बित्यो शव आएन, आमा र श्रीमती घरमा रुँदै पर्खँदै

Written By Unknown on Friday, December 25, 2015 | 6:24 PM


पुस ११, स्याङजा । ‘भाइको बिहे गर्न मंसिरमा आउँछु,’ भनेर फोन गरेका ३२ वर्षका जयबहादुर रोकाहाको जिउँदो शरीर अब कहिल्यै घर फर्कने छैन । चार महिनाअघि साउदी अरबमा ग्यास पाइप सफा गर्ने क्रममा मृत्यु भएपछि उनको मृत शरीरसमेत घर आइपुगेको छैन ।

 मृत्यु भएको चार महिनासम्म पनि शव हेर्न र मृतकको अन्त्येष्टि गर्न नपाउँदा परिवार झनै दुःखी भएका छन् । स्याङजाको दरौं गाविस १ कुन्चेबारीका जयबहादुर रोजगारका लागि दुई वर्षअघि साउदी अरब पुगेका हुन । 

केही महिनाअघि आमासँग फोनमा अन्तिम कुराकानी हुँदा जयबहादुरले भाइको विवाहको मिति तय भएपछि घर आउने बताएका थिए । आमाले पनि मंसिरमा भाइको बिहे गर्ने र त्यही समयमा आउन छोरालाई भनेकी थिइने । फोनमा कुराकानी भएको २/४ दिनमै उनको मृत्यु भएको खबर आएको अन्नपूर्ण पोस्टमा खबर छ ।

साउदी अरबस्थित ग्यास कम्पनीका कार्यरत जयबहादुर भदौ ३ गते ग्यास पाइप सफा गर्न गएका साथीलाई बचाउन खोज्दा उनको पनि मृत्यु भएको छिमेकी रामबहादुर थापाले बताए । निम्न आर्थिक अवस्थाको उनको परिवारमा अहिले आमा, पत्नी र नाबालक छोरा छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger