Headlines News :
Home » » भूकम्पपीडितको विजोग: ‘जस्ताको टहरोबाट शीतको झरी पर्छ, भुईबाट चिसो आउँछ । तर, सरकार कहाँ छ ?’

भूकम्पपीडितको विजोग: ‘जस्ताको टहरोबाट शीतको झरी पर्छ, भुईबाट चिसो आउँछ । तर, सरकार कहाँ छ ?’

Written By Unknown on Friday, December 25, 2015 | 6:47 PM


पुस ११,काठमाडौँ ।

चिसोले शिविरमै बेहोस

धादिङ : पुस लागेपछि धन्सारपाखा शिविरमा चिसोले चार जना बेहोस भए । पीडित भन्छन्, ‘जस्ताको छानाबाट शीत चुहिएर ओछ्यान भिज्छ, पातलो प्लास्टिकको बारले चिसो छेकिँदैन । मध्य चिसोमा पनि कपडा किन्न सरकारको १० हजार राहत पाइएन ।’


महिलाको मृत्यु, सुत्केरी बेहोस

काभ्रे : २ पुसमा च्यासिङखर्ककी कान्छीमाया तामाङको चिसोले कठ्यांग्रिएर मृत्यु भयो । चिसोले बेहोस १० महिनाकी सुत्केरी ऋण लिएर उपचार गर्दै छिन् । भूकम्पपीडित ज्ञानबहादुर ब्लोन भन्छन्, ‘जस्ताको टहरो छ, माथिबाट शीतको झरी पर्छ, भुइँबाट चिसो आउाछ । सबैतिर चिसो नै चिसो छ ।’

बालबालिका र वृद्धवृद्धामा निमोनिया

रसुवा : पालमुनि बस्दै आएका सुत्केरी, बालबालिका, वृद्धवृद्धामा निमोनियालगायतका रोग देखिन थालेको छ । धुन्चे, बोगटीटार, गुम्बुडाँडालगायतका ठाउामा भूकम्पपीडित छन् । तर, अस्थायी टहरामा कति छन् भन्ने तथ्यांक प्रशासनसाग छैन । न्यानोका लागि सहयोग नपाएको अधिकांशको गुनासो छ ।

चिसो हावासँगै ओछ्यानमै शीत

गोरखा : चिसो सुरु भए पनि टहरोको वासमा पूरै रात सुत्न कठिन भएको गोरखा नगरपालिका पस्लाङकी बेलमाया थापाले बताइन्, ‘टहरो भाटाले बारेकी छु, छ्याङ–छ्याङ देखिन्छ, हावाले बेलुकी सुत्न सकिन्न, राति ३ बजे ओछ्यानमा शीत तरर चुहिएर रुजाउँछ । ओड्ने पनि गतिलो नहुँदा विजोग भएको छ ।’ चिसोले बालबालिका र वृद्धवृद्धा बढी पीडित भएका छन् ।

भूकम्पपीडितका नाममा आएका कपडा सरकारी गोदाममा थन्किए

भूकम्पपीडित न्यानो कपडाको अभावमा ज्यान गुमाइरहेका छन् । तर, तिनै पीडितलाई दिन बंगलादेशसहित अरू दाताबाट उपलब्ध भएको पाँच ट्रक कम्बल झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको गोदाममा ताला लगाएर राखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger