Headlines News :
Home » » नाकामा भारतीयबाट फेरि कुटिए मोर्चाका कार्यकर्ता

नाकामा भारतीयबाट फेरि कुटिए मोर्चाका कार्यकर्ता

Written By Unknown on Thursday, December 24, 2015 | 7:12 PM


पुस १०, काठमाडौं । वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएका मधेसी दलका कार्यकर्तामाथि भारतीयहरुले फेरि आक्रमण गरेका छन् ।

अन्नपूर्णमा खबर छ– मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारी माथि बुधबार राति भारतीय तस्कर र तीनका भरियाहरुले आक्रमण गरेका हुन् ।

बुधबार राति आठ बजेतिर करिब सयजनाको संख्यमा हुलमा आएका भारतीय तस्कर र तिनका भरियाहरुले धर्नारत आन्दोलनकारी कुटपिट गर्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।

झडपका कारण मितेरी पुल बुधबार रातभर तनावग्रस्त रह्यो । भारत रक्सौलबाट सामानको तस्करी गर्ने तस्करहरुले मितेरी पुलमा नाका अवरुद्ध पार्न राखिएको बाँसको ढाट हटाएर सामान भित्रयाउन खोजेपछि आन्दोलनकारीहरुले प्रतिवाद गरेका थिए ।

त्यसको केहिबेरमै रक्सौल अहिरवा टोलबाट लठठ्ठी भाटासहित हुल बाँधेर आएका तस्कर र भरियाहले धर्नामा बसेका आन्दोलनकारीहरु माथि आक्रमण्को प्रयास गरेपछि झडप भएको धर्नास्थलमा रहेका नेपाल सदभावना पार्टी पर्साका सचिव कृणा पटेलले बताए ।

तस्करहरुले रक्सौलबाट टाँगा, ठेला र रिक्सामा ल्याएको कपडा लगायतका सामान आन्दोलनकारीले रोक्न खोज्दा तस्करहरु हुल बाँधेर लठठी भाटा बोकी आन्दोलनकारीलाई कुटन आएको पटेलले बताए ।

‘बुधबार राति धर्नामा १५(२० जनामात्रै बसेका थियाँै’, धर्नामा बसेका पर्सा रामनगरीका बृद्ध विक्रम साह तेलीले भने, ‘भारतीय तस्करहरुले रक्सौलबाट ल्याएको सामान वीरगन्ज छिराउन एक्कासी बाँसको ढाट तोडफोड गर्दा हामीले रोक्न खोज्यौँ, त्यसपछि उनीहरु हुल बाँधेर हामीलाई कुट्न खोजे ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger