Headlines News :
Home » » रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु, तिन जना घाइते

रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु, तिन जना घाइते

Written By Unknown on Monday, December 28, 2015 | 9:39 PM


पुस १४, रोल्पा । रोल्पाको डुब्रिङमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् 

दाङको घोराहीदेखी रोल्पाको डुब्रिङका लागि  छुटेको रा १ क ९४ नम्बरको पिकअप गाडी डुब्रिङ–९ खारामा हिजो दुर्घटना हुँदा सो गाडीका सहचालक डुब्रिङ ४ निवासी १७ वर्षिय प्रकाश नेपालीको मृत्यु भएको हो ।

त्यस्तै गाडीमा सवार डुब्रिङ ४ कै ३३ बर्षिय खगेन्द्र सार्की, गाडी चालक ३५ बर्षिय जयबहादुर थापा र ३७ बर्षिय कर्णबहादुर नेपाली घाइते हुनुभएको छ । घाइते तीनै जनाको अहिले घोराहीको गोर्खा हस्पिटलमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

घाइते मध्ये खगेन्द्र सार्कीको अबस्था गम्भीर रहेको बताइएको छ । सामान लिएर घोराहीदेखि डुब्रिङका लागि छुटेको गाडी डुब्रिङ–९ खारामा अनियन्त्रित भई बाटोदेखि करिब २० मिटर तल खसेको ईलाका प्रहरी कार्यलय हालेरीले बताएको छ ।dangkhabarबाट 


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger