Headlines News :
Home » » भालुवाङमा ट्रकको ठक्करबाट मृत्यु भएको युवकको पहिचान

भालुवाङमा ट्रकको ठक्करबाट मृत्यु भएको युवकको पहिचान

Written By Unknown on Tuesday, December 29, 2015 | 3:09 AM


पुस १४, भालुवाङ । ट्रकको ठक्करबाट मृत्यु भएका युवकको पहिचान भएको छ । 

मृतक अर्घाखाँची जलुके—६ सातामारा निवासी ४१ बर्षीय कुमार सुवेदी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भएको छ । 

सुवेदीको सोमबार ट्रकको ठक्करबाट राती करिब १२ बजे पूर्व पश्चिम राजमार्गको अर्घाखाँची जलुके—६ हात्तीढुङ्गा नजिक पैदल हिड्ने क्रममा घटना स्थलमा ज्यान गएको थियो । 

बुटवलबाट प्यूठान तर्फ जादै गरेको ना ४ ख ६५९६ नम्बरको ट्रकको ठक्करबाट सुवेदीको ज्यान गएको प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भएको छ । 

मृतकको शव परिवारको जिम्मा लगाईएको प्रहरी प्रमुख केसीले बताउनु भयो । ठक्कर दिने ट्रक र चालक ईप्रका भालुवाङ्गको नियन्त्रण रहेको छ । सन्तोषकुमार गुप्ता/sajhasabal

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger