|
|
भारतीय राजदूत रञ्जित रेले भेटवार्ता गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले सत्ता साझेदार र विपक्षीसँग त्यस्तो आग्रह गरेका हुन् । ‘भारतले साह्रै दुःख दियो । अब हामीले एउटा टिम बनाएर सामूहिक रुपमा कुराकानी गर्नुपर्यो । यसबारेमा आजै निर्णय गरौं’ बैठकमा ओलीको भनाइ उदधृत गर्दै एक नेताले भने ।
बैठकमा सहभागी अर्को नेताका अनुसार भारतबाट पाएको आश्वासनअनुसार काम नभएको प्रधानमन्त्रीको भनाइबाट बुझिन्थ्यो । कांग्रेसका नेताले सामूहिक रुपमा भारसँग संवाद गर्न आफूहरुले पार्टीभित्र छलफल गर्नुपर्ने बताएपछि त्यसबारे निर्णय भने हुन सकने । बैठकमा कांग्रेसका सभापति कोइराला, उपसभापति प्रकाशमान, नेता रामशरण महत र मिनेन्द्र रिजाल सहभागी थिए । -अन्नपूर्ण पोस्ट दैनिकबाट
Post a Comment