Headlines News :
Home » » दाङमा ट्रकको ठक्करबाट एक युवकको ज्यान गयो

दाङमा ट्रकको ठक्करबाट एक युवकको ज्यान गयो

Written By Unknown on Monday, December 28, 2015 | 6:31 PM


पुस १४, भालुवाङ । ट्रकको ठक्करबाट सोमबार एक युवकको घटना स्थलमा ज्यान गएको छ । राती करिब १२ बजे पूर्व पश्चिम राजमार्गको अर्घाखाँची जलुके—६ हात्तीढुङ्गा नजिक पैदल यात्रीलाई ठक्कर दिंदा उनको घटना स्थलमा ज्यान गएको हो ।

बुटवलबाट प्यूठान तर्फ जादै गरेको ना ४ ख ६५९६ नम्बरको ट्रकको ठक्करबाट नाम खुल्न नसकेका करिब ४० बर्षीय युवकको ज्यान गएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भएको छ ।

मृतक को शव हाल प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको प्रहरी प्रमुख केसीले बताउनु भयो । ठक्कर दिने ट्रक र चालक ईप्रका भालुवाङ्गको नियन्त्रण रहेको छ ।

मृतक को पहिचानका लागि अनुसन्धान गरिरहेको ईप्रका भालुवाङ्गले जनाएको छ । लेडरको कालो ज्याकेट, रातो ट्राउजर लगाएको तथा हल्ला कालो कपाल र हल्ला द्राही रहेका व्यक्ति उक्त युवकको ज्यान गएका प्रहरीले जनाएको छ । सन्तोषकुमार गुप्ता/sajhasabal बाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger